OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

आवर बेलका by आवर बेलका
March 26, 2025
in समाचार
334
SHARES
Share on FacebookShare on Twitter

शिलापत्रकर्मी नवराज कुँवर ‘राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । फरक र प्रभावशाली मल्टिमिडिया कन्टेन्टमार्फत खासगरी युट्युबलगायत सोसल मिडियाका विकृति न्यूनीकरणमा भूमिका खेलेकोमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, सांसद गणेश पराजुली, अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीलगायतले बुधबार राष्ट्रिय नाचघरमा आयोजित विशेष कार्यक्रममा कुँवरलाई मेडलसहित अवार्ड प्रदान गरेका हुन् ।
उदयपुरको बेलका नगरपालिका–९, रामपुर स्थायी घर भएका उनी ५ वर्षयता अनलाइन न्युज पोर्टल शिलापत्र डटकममा कार्यरत छन् । अनलाइनमा क्रियटिभ ब्युरो प्रमुखको भूमिकामा रहेका उनी खासगरी गैरराजनीतिक विषयमा कलम चलाउँछन् ।
बालबालिका, अल्पसंख्यक समुदाय, साहित्य अनि फरक खालका विषय र विधामा रुचि राख्ने कुँवरले खासगरी युट्युबमा आउने भ्रामक सूचनालाई चिर्दै समाचारमूलक सामग्री बनाउँदा पत्रकारिता आचारसंहिता पालना गर्न युट्युबहरूलाई खबरदारी गर्दै आएका छन् ।
विशिष्ट व्यक्तिका दुई छवि देखाउने श्रृङ्खला ‘फरक पाटो’, फोटो पत्रकारहरूको बायो सेरिज ‘फोटोकार’ अनि छायामा परेका कार्टुनिस्टहरूबारे ‘साताका कार्टुनिस्ट’ जस्ता मल्टिमिडिया स्तम्भ शिलापत्रमा उनका चर्चित काम हुन् ।
बुधबार न्युज एक्सप्रेस मिडियाको आयोजनामा भएको दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ अन्तर्गत वरिष्ठ पत्रकार हरिहर बिरहीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ले सम्मानित गरिएको थियो । यसैगरी, पत्रकारहरू जगदीश खरेल, ठाकुर बेल्बासे, ममता थापा, रोहित भण्डारी, सञ्जीव रेग्मी, केशवराज जोशी, गोपीकृष्ण चापागाईं, भोजराज थापालगायतलाई सम्मान गरिएको थियो ।

Previous Post

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

Next Post

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

Related Posts

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह
समाचार

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

by आवर बेलका
March 22, 2025
ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की
समाचार

ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

by आवर बेलका
March 10, 2025
Uncategorized

रामधुनि सामुदायिक वन उपभोक्ता समिति अध्यक्षमा किराति

by आवर बेलका
February 19, 2025
घर भित्र मात्र हैन समाज परिवर्तनमा पनि महिला आवश्यक
समाचार

घर भित्र मात्र हैन समाज परिवर्तनमा पनि महिला आवश्यक

by आवर बेलका
December 11, 2024
वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो
मनाेरञ्जन

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

by आवर बेलका
October 20, 2024
Next Post

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

Discussion about this post

लाेकप्रिय

    भर्खरैका समाचार

    Uncategorized

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    by आवर बेलका
    May 1, 2025
    0

    कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको...

    Read more

    महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

    May 1, 2025

    शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

    March 26, 2025
    बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

    बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

    March 22, 2025
    ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

    ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

    March 10, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).