NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

1 Mins read

शिलापत्रकर्मी नवराज कुँवर ‘राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । फरक र प्रभावशाली मल्टिमिडिया कन्टेन्टमार्फत खासगरी युट्युबलगायत सोसल मिडियाका विकृति न्यूनीकरणमा भूमिका खेलेकोमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, सांसद गणेश पराजुली, अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीलगायतले बुधबार राष्ट्रिय नाचघरमा आयोजित विशेष कार्यक्रममा कुँवरलाई मेडलसहित अवार्ड प्रदान गरेका हुन् ।
उदयपुरको बेलका नगरपालिका–९, रामपुर स्थायी घर भएका उनी ५ वर्षयता अनलाइन न्युज पोर्टल शिलापत्र डटकममा कार्यरत छन् । अनलाइनमा क्रियटिभ ब्युरो प्रमुखको भूमिकामा रहेका उनी खासगरी गैरराजनीतिक विषयमा कलम चलाउँछन् ।
बालबालिका, अल्पसंख्यक समुदाय, साहित्य अनि फरक खालका विषय र विधामा रुचि राख्ने कुँवरले खासगरी युट्युबमा आउने भ्रामक सूचनालाई चिर्दै समाचारमूलक सामग्री बनाउँदा पत्रकारिता आचारसंहिता पालना गर्न युट्युबहरूलाई खबरदारी गर्दै आएका छन् ।
विशिष्ट व्यक्तिका दुई छवि देखाउने श्रृङ्खला ‘फरक पाटो’, फोटो पत्रकारहरूको बायो सेरिज ‘फोटोकार’ अनि छायामा परेका कार्टुनिस्टहरूबारे ‘साताका कार्टुनिस्ट’ जस्ता मल्टिमिडिया स्तम्भ शिलापत्रमा उनका चर्चित काम हुन् ।
बुधबार न्युज एक्सप्रेस मिडियाको आयोजनामा भएको दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ अन्तर्गत वरिष्ठ पत्रकार हरिहर बिरहीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ले सम्मानित गरिएको थियो । यसैगरी, पत्रकारहरू जगदीश खरेल, ठाकुर बेल्बासे, ममता थापा, रोहित भण्डारी, सञ्जीव रेग्मी, केशवराज जोशी, गोपीकृष्ण चापागाईं, भोजराज थापालगायतलाई सम्मान गरिएको थियो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *