NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

1 Mins read


सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा रहेको कोभिड भवनको प्राङ्गण र बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुर सामुदायिक वनमा महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक उत्सव वृक्षरोपण कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कोभिड भवनमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य बराहक्षेत्र वडा नम्बर ३ का अध्यक्ष राजदिप लामा तामाङले ग्रहण गरेका थिए। उनले लघुवित्त संस्था केवल ऋण दिने संस्था होइन, समाज परिवर्तनमा क्रियाशील संयन्त्र बन्न सक्ने विश्वास व्यक्त गरे।
‘सन्ततीका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने मूल नाराका साथ चतरा र बांगे शाखाको संयुक्त आयोजना गरिएको यो कार्यक्रमले हरित विकास र सामाजि उत्तरदायित्वको सन्देश फैलाएको वडा नम्बर ३ का अध्यक्ष राजदिप लामा तामाङले बताए ।

यता बराहक्षेत्र नगरपालिका वडा नम्बर १० स्थित प्रकाशपुर सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तथा यसै संस्था अन्तरगत केन्द्र नम्बर १०० कि सदस्य संगिता किरातिको प्रमुख आतिथ्यता र स्थानिय राजनैतिक दल प्रतिनिधि, समाजसेवी आदिको उपस्थितिमा उक्त स्थानमा ५०० प्रजातिको बिरुवा रोपन गरिएको थियो । सोही अवसरमा सदस्या किरातिले यश स्थानमा महुलि
आज हाम्रो गरिबी महिला हरुको यक मात्र साहारा लघु बित्तिय सस्था हो। यश स्थानमा हाल संम कुनै पनि लघुवित्त आएर केही काम नगरिरहेको अवस्थामा महुली लघु बित्तिय सस्था ले यश स्थानमा आएर सामाजिक कार्य गर्न सफल भएकोमा  हाम्रो महुली लघु बित्तिय  सस्था तथा सिङ्गो टिम लाई  धेरै-धेरै  धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा दुई स्थानमा गरि ६ सय बढी जातका फूल र फलफूलका बिरुवाहरू निःशुल्क वितरण गरिएको थियो। वृक्षरोपण कार्यक्रममा ५०० भन्दा बढी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
चतरा अनुगमन कार्यालय प्रमुख तेजनारायण चौधरीले देशका सातवटै प्रदेशमा वृक्षरोपण अभियानसहित यो उत्सव एकैसाथ मनाइएको जानकारी दिए।

कार्यक्रममा बोल्दै बांगे शाखा प्रमुख मदन अधिकारीले संस्थाले आगामी दिनमा थप सामाजिक कार्यहरू गर्दै हरित नगर निर्माणतर्फ केन्द्रित हुने जानकारी दिए।

महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक उत्सवको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा सयभन्दा बढी प्रजातिका बिरुवा रोपिएको चतरा शाखा प्रमुख विनिता रायाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रमले हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अस्थायी प्रहरी चौकी नडाहाका प्रमुख जीत नारायण भट्ट, प्रेस संयोजक संगम बिस्ट, चतरा क्लस्टर प्रमुख तेजनारायण चौधरी, र बांगे शाखा प्रमुख मदन अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता महुलि लघुवित्त बाँगे शाखाबाट सञ्चालित केन्द्र नम्बर ९२ की सदस्य जरजिना कार्कीले गरेकी थिइन्। चतरा शाखा प्रमुख विनिता रायाले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष जरजिना कार्कीले वृक्षरोपणलाई पुण्य कार्य भन्दै सम्पूर्ण स्थानीयलाई अझ बढी सक्रिय भएर यस्ता अभियानमा सहभागी हुन आग्रह गरिन्।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *