NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read

रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ ।

सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने महाङ्काली मन्दिरलाई झोलुङ्गे पुलले जोड्नेछ । धार्मिक र पर्यटकीय दृष्टिले पनि झोलुङ्गे पुलको निर्माण महत्वपूर्ण रहेको स्थानीय पर्यटन व्यवसायी रमण भट्टराई बताउँछन् ।

दुर्बासाघाट मल्टिस्पान ट्रेल ब्रिज नाम दिइएको झोलुङ्गे पुल योजना एमएस जगदम्वा निर्माण कम्पनी काठमाडौंले ठेक्का पारेको छ ।

स्थानीय पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजन ललितपुरका अनुसार भ्याटबाहेक ठेक्काको कबोल रकम ५ करोड ३९ लाख ३९ हजार तीन सय २७ रुपैयाँ छ । यस्तै भ्याटसहित ६ करोड २६ लाख ९ हजार ८५ रुपैयाँ ९४ पैसा लागत रहेको छ ।

चतरास्थित कुम्भस्थल दुर्वासाघाटदेखि महाङ्काली मन्दिर जोड्न दुई वटा झोलुङ्गे पुल निर्माण हुँदै छन् । कोशीको पूर्वी भङ्गालोमा उपभोक्ता समितिमार्फत् क्रमागत बजेटमा निर्माण हुँदै गरेको झोलुङ्गे पुल निर्माण सम्पन्न हुनुअगावै बाढीले बगाएको छ । गत बर्खामा आएको बाढीले बगाएपछि उक्त योजना सुरुदेखि सञ्चालन गर्नुपर्ने अवस्था छ ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *