NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read

रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ ।

बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख कार्कीले बुद्धको शिक्षालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए ।
दीप प्रज्वलन, पूष्प अर्पण, तथा सांस्कृतिक प्रस्तुतिसहितको अनावरण कार्यक्रममा अतिथिहरूले बुद्ध मूर्तिको दर्शन गरी विश्व शान्तिको कामना गरेको बेलकाका प्रेस संयोजक ध्रुव कोइरालाले जानकारी दिए ।

वडा नं ३ को आर्थिक सहयोगमा निर्माण गरिएको यो मूर्ति अबदेखि बेलका–३ को सांस्कृतिक र धार्मिक पहिचानको प्रतीकका रूपमा स्थापित भएको निर्माण उपभोक्ता समिति अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

वडा नं ३ का वडा अध्यक्ष टंक प्रसाद आचार्य, नगर कार्यपालिका सदस्य विष्णु परियार, वडा सदस्यहरू फाल्गुन कार्की, किशोर चौधरीलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूले मूर्ति स्थापनाको प्रसंसा गर्दै यसले सामाजिक एकता, धार्मिक चेतना तथा स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

Related posts
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
समाचार

बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

1 Mins read
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा रहेको कोभिड भवनको प्राङ्गण र बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुर सामुदायिक वनमा महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडले…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *