NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read

आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी विजयनले राज्य स्थापना दिवसको अवसरमा विधानसभाको विशेष सत्रमा केरलालाई चरम गरिबीमुक्त पहिलो भारतीय राज्य घोषणा गरेका हुन्। केरला हाल भारतको एक मात्र राज्य हो जहाँ कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरिरहेको छ।
सम्बोधनमा विजयनले भने, ‘हरेक केरला पिरावी, हामी हर्षोल्लासका साथ मनाउँछौं। तर यस वर्षको केरला पिरावी दिवस, केरलाका जनताका लागि, नयाँ युगको सुरुवात हो।’ उनले थपे, ‘आजको केरला पिरावीले इतिहासमा एउटा स्थान ओगटेको छ किनभने हामीले केरलालाई चरम गरिबी बिनाको पहिलो भारतीय राज्य बनाउन सफल भएका छौं।’
यो उपलब्धि २०२१ मा नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकमा चरम गरिबी उन्मूलनलाई प्रमुख निर्णय बनाएर हासिल भएको हो। दुई महिनाभित्र विधायक, स्थानीय निकाय प्रतिनिधि, कुडुम्बश्री कार्यकर्ता, स्वयंसेवक र अधिकारीहरूको सक्रिय सहभागितामा चरम गरिब परिवारहरूको पहिचान गरियो।
परियोजना वडक्कान्चेरी नगरपालिका तथा अन्चुथेंगु र थिरुनेली ग्राम पञ्चायतमा पाइलटका रूपमा सुरु भएर पूरै राज्यमा विस्तार गरिएको थियो। विजयनले भने, ‘यो ऐतिहासिक परियोजना समाजका सबै वर्गको सहभागितामार्फत लाभार्थी परिवारहरूको पहिचान गरेर र उनीहरूको सामूहिक प्रतिक्रिया र सुझावहरूबाट निस्केका विचारहरू समावेश गरेर सुरु भएको थियो।’
केरला पिरावी हरेक वर्ष नोभेम्बर १ मा मनाइन्छ। यो दिन स्वतन्त्र भारतमा केरला राज्यको गठनको प्रतीक हो। सन् १९५६ भन्दा पहिले अहिलेको केरला क्षेत्र मुख्यतया त्रावणकोर, कोचीन र मालाबार जिल्लामा विभाजित थियो। यी क्षेत्रमा फरक प्रशासनिक प्रणाली र सांस्कृतिक अभ्यास थिए। १ नोभेम्बर १९५६ मा राज्य पुनर्गठन ऐन लागू भयो, जसले राज्यहरूलाई भाषिक आधारमा पुनर्गठन गर्‍यो। यसले मलयालम भाषी क्षेत्रहरूलाई केरला भनिने एकल राज्यमा एकीकरण गरेको थियो। एजेन्सी सहयोमा।

Related posts
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
FEATURE

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान

1 Mins read
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान सहयोगी बचत तथा ऋण सहकारी संस्थाले बेलकानगरको प्रमुख केन्द्र रामपुर बजारमा रक्तदान कार्यक्रम सम्पन्न…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *