NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा बाढिपिडितले नगरपालिका घेरे जनप्रतिनिधि भागाभाग

1 Mins read

साउन १८ गते सप्तकोसी नदिको बहाब बढेर कोसिटप्पु क्षेत्रमा प्रवेश गरेपछि ४०० घर परिबार बिचल्ली भएको छन । बाढिगएको १० दिन हुँदा सम्म राहत नपाएको ,पाउँदा पनि पार्टीगत भएको तथा तत्काल बाध बान्न स्थानीय सरकारले रोकेको बिषयमा सप्तकोसी पीडितको समस्या समाधानमा सरकार गम्भिर नभएको भन्दै प्रभावित क्षेत्रका स्थानीय आन्दोलित भएका छन् । बिहीबार स्थानीय महेश श्रेष्ठको अध्यक्षतामा कोसी भंगालो रोकथाम तथा नियन्त्रण समिति बनाउँदै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
शान्तिपुर्ण आन्दोलनको अगुवाइ जननिर्वाचित तिन नम्बर का सदस्य फल्गुण कार्किले गरेको हुन ,फाल्गुन कार्की कांग्रेस बाट निर्वाचित सदस्य हुन भने नगरप्रमुख पनि कांग्रेसकै अशोक कार्की हुन ।

बाढी गाउँपसेपछि केन्द्रिय परराष्ट्रमन्त्री देखि प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु ताती आउने हेर्ने जाने काम भयो तर पीडितको लागि राहत केही नभएको (सरकारले पठाएको राहत पनि नदिएको (दिदा पनि पार्टीगत दिएको भन्दै आन्दोलन भएको हो ।
बाँध लगाउनुको साटो रुख लडाएर, सेउलाले कोसी छेक्न खोजेको र प्रभावितको सुरक्षित बाँसका लागि सरकार गम्भिर नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

पहिलोचरणमा नगरपालिका घेर्न पुगेका उनीहरुले कोसीको दिर्घकालिन समाधान नगरे आफुहरु मर्नसमेत तयार भएको बताएका छन् । आन्दोलनकारी एक महिलाले भनिन्, ‘हामीलाई न्यानो थाङ्नामा सुताउने प्रयास गरियो, अर्को पटक प्रभावित क्षेत्र जाँदा हामी देखाईदिन्छौ ।’ 

मुख्यमन्त्री उपस्थित कार्यक्रममा नगरप्रमुख अशोक कार्किले सप्तकोसी नदि २०४५ साल अगाडि पनि अहिले फुटेको ठाउँबाट हिड्थ्यो भन्ने सब्दलाई लिएर स्थानीय पीडित गाउले आन्दोलित हुनु परेको बताय सदस्य फाल्गुन कार्किले ।

कोसी थुनिदिए मात्र हामीलाई पुग्ने भन्दै उनीहरुले सरकारले मुखले ठिक्क पार्ने व्यवहारमा नउतार्ने गरेको बताए । नगरपालिका घेराउपछि रामपुर बजारमा कोणसभा गरेका थिए । उनीहरुको आन्दोलनमा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र ,नेकपा एमाले ,नेकपा एस, जनता समाजबादी पार्टी , राप्रपा,मङोल नेसनल अर्गनाइजेसनले समर्थन गरेका छन् ।
कार्यक्रममा कांग्रेस बाट पुर्व नगर सभापति सुशील सेढाई , नेकपा एमालेबाट नगर सचिव हिराज्ङ राई ,माओवादी केन्द्रबाट नगर उपाध्यक्ष मिश्रीलाल मेहत्ता,जनप्रतिनिधि फाल्गुन कार्की लगायत ब्यक्तीले आफ्ना भनाइ राखेको हुन।

 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *