NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

के तपाईंलाई विर्य स्खलल हुन्छ ? अब अपनाउनुस यस्तो उपाय

1 Mins read

तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी समस्या छ रु अथवा, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्याले सताउँछ र यी मध्ये कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने सोच्नुस तपाइको प्रोस्टेट ग्रन्थी ९ पुरुष प्रजनन ग्रन्मथिमा सङ्क्रमण भएको हुन सक्छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवलार्इ पनि यस्तै लक्षण देखिएपछि भारतको अस्पतालमा परीक्षण गर्दा प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो । पछि अमेरिकामा उनको उपचार गरियो ।
समयमै उपचार गरे सजिलै निको हुने यो रोगलाई बेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा रहेको चिकित्सकहरू औल्याउँछन् । युरोलोजिस्ट डा दीपक रौनियारका अनुसार प्रोस्टेटसम्बन्धी रोगमा उपचार गर्दा ठूलो समस्या नभए पनि सङ्क्रमण बढ्दै गए यसले धेरै कष्ट त दिन्छ नै पारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ ।
चिकित्सकका अनुसार पछिल्लो समयमा अधिकांश पुरुषमा यो समस्या बढ्दै गएको पाइन्छ । शिक्षण अस्पताल महाराजगञ्जकाका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन प्राडा उत्तम शर्माले यस्तो रोगमा खासगरी यौनशक्तिमा कमी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने तर फेर्न जाँदा नआउनेजस्ता लक्षण देखिने बताए ।
उनले भने, ‘प्रोष्टेट पनि भनिने पुरुषमा प्रजनन ग्रन्थीमा समस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ । रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन । तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको समस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुका साथै मिर्गौलामा समेत असर पर्न सक्छ । कसैको पिसाबमा त रगत बग्न पनि सक्छ ।’ उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रोग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सकहरू बताउँछन् ।
प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि समस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुई बाल्टीमा पानी भरौँ एउटाको पानी नियमित फेरौँ तर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेको बाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिँदा लेउ लाग्न थाल्छ । हो त्यस्तै हो वीर्य र प्रोस्टेट ग्रन्थीको सम्बन्ध पनि । जति वीर्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुन्छ,’ डा। रौनियारले भने ।
चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौन सम्पर्क नहुँदा प्रोस्टेटमा समस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि नियमित यौन सम्पर्क गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी सङ्क्रमणबाट बच्ने र म्योग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरलगायत खाने गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

एजेन्सी

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *