NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

कोसीको धार रोक्न जनताले बाध बाधिएको भनिएको ठाउँमा सरकारले दियो एक करोड

1 Mins read

उदयपुरको बेलका नगरपालिकमा श्रावण -१८ गते डुम्रीबोटे र लाहुरे खोँच हुँदै कोसी नदीले बस्तीतर्फको बाटो सोझ्यायो । नगरप्रमुख असोक कार्किको अनुसार विसं २०४५ सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । ३४ वर्षपछि कोसीले पुरानै धार पहिल्याउँदै बस्ती पस्दा ठूलो क्षति भएको छ ।

हालै गरिएको एक अध्ययनले उक्त बाढी पसेको क्षेत्रमा झण्डै एक करोड रकम आवश्यक रहेको देखाएको थियो । कोसीबाट बस्ती सुरक्षित राख्न आपतकालीन कार्य सञ्चालनका लागि गृहमन्त्री बालकृष्ण खाण अध्यक्ष रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले विपद कोषबाट एक करोड रुपैयाँ रकम निकासाका लागि अनुमति प्रदान गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा स्थानीय पालिका, सिँचाइ मन्त्रालयलगायत संस्थाले गरेको अध्ययनको निष्कर्षका आधारमा रकम निकासाका लागि पेश गरिएको प्रस्ताव समितिबाट स्वीकृति प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । उनका अनुसार दीर्घकालीन समस्या समाधानका लागि भने विस्तृत अध्ययन जारी छ ।

जहाँ २०७८ साल कार्तिकमा गृहमन्त्री खाणसहितको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । यसपालि बाढी पस्नुअघि नै कोषबाट रु २० लाख निकासा गरी कोसी रोक्ने प्रयास सफल हुन नसकी नदीले आफ्नो धार परिवर्तन गरी बस्तीतर्फ मोडिएको थियो ।

विपद्‍ जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ मा उपदफा १ मा ‘नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमाना र अवधि तोकी विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ’ भनिएको छ ।

सोही दफा प्रयोग गर्दै गृहले उदयपुर जिल्ला बेलका नगरपालिकाका १ २, ३, ८ र ९ वडा, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ तथा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा सोही जिल्लाको कञ्चनरुप नगरपालिकाका १, २, ४, ५, ६ र १० नम्बर वडालाई विपद्‍ संकटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

विपद्‍ संकटग्रस्त क्षेत्र घोषणाको सूचना गृहले शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो । विपद्‍ संकटग्रस्त क्षेज्ञ घोषणासँगै यी स्थानबाट सरकारले आवश्यकता अनुसार सरकारी तथा गैरसरकारी कार्यालय, निजी संघसंस्था, शिक्षण संस्थालगायतलाई केही अवधिका लागि बन्द गर्न सक्छ । त्यस्तै खोज/उद्धार कार्यमा कुनैप्रतिकुल असर पर्ने गतिविधि हुन नदिने, यी क्षेत्रमा रहेका संघसंस्थाका कर्मचारीलाई काजमा खटाउन सकिने छ ।

जहाँ गाउँले आफै पैसा उठाएर बाध बान्न थालिएको हो तर स्थानीय बेलका नगरसरकाले जनताले नभई सरकारले आफै बाध बाधिएको दाबी गरेको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *