बेलका/ दशै,तिहार ,छठ पर्वको अवसरमा गाउँ गाउँ सरसफाइ गरिदै ! बेलका नगरपालिका वार्ड न ९ मा रहेको पुस्पानजली टोकबिकास समुहको आयोजनामा खोर्यादेखि माछापुच्छ्रे बनसम्म सरसफाइ गरिएको हो! हरेक साल टोल सुधार समुहको आयोजनामा आ आफ्नो गाउँ सरसफाइ गरिदै आएको बताय स्थानीय बुद्धिजीवी सनबिर राइले!बेलका नगरपालिका वार्ड न ९ कै अर्को टोलबिकास सिमलटारले समेत सरसफाइ गरेको हो! टप्पु क्षेत्रमा पर्ने आफ्नो भूगोललाई सम्पुर्ण जनता मिलेर गरेको बताय उक्त सस्थाका अध्यक्ष सुमन राइले !सिमलटार टोलबिकासमा जम्मा ७२ घर छ्न भने पुस्पानजलिमा १०० माथी छ्न ! कमलाबारी खोर्यामा पर्ने यश सस्था भित्र माछापुच्छ्रे बन छ भने बन भित्र किरातहरुको धार्मिक स्थल साकेला थान रहेको छ यश ठाउँ हेर्न दिनहु सयौको संख्यामा आन्तरिक पर्यटन आउने गरेका छ्न हाल २/३ वटा स सना किराना पसल समेत संचालन हुन थालेको छ ! दशै तिहारमा सवारी यातायातको चाप बढ्ने हुदा बाटो बाङो ,टिङ्गो भएकोले एकातिर बाट आएको लाई घाँस ,बुट्यानले नदेख्ने अनि दुर्घटना हुने सम्भावना बढेकोले सरसफाइ गरिएको बताय युवा पुस्पानजली टोल बिकास सस्थाका सचीव नारायण बिकले!


