बेलका/ ठोक्सिला उर्जा तथा ग्रामीण बिकास केन्द्रको आयोजनामा संचालित ग्रामीण बिधुतिकरण अन्तरगत उदयपुरको बेलका वार्ड न ३ को एकता टोल ,मगरटोल, बुधबारे,क्रान्तिचोक लगायत स्थानमा बत्ती बलेको हो! बेलका नगरपालिकामा बत्ती बलेसगै उक्त क्षेत्र बत्तिमुनिको अँध्यारो भएको थियो तर अब उज्यालो भएको हो!
निकै बिबाधित क्षेत्र कोसिटप्पुमा हजार घर भन्दा धेरै छ्न !राई ,माझी,मगर,राजबन्सी लगायतको उच्च जनघन्त्व भएको ठाउँ हो कोसिटप्पु क्षेत्र ! लामो समय सम्म देशमा अस्थिर सरकार गृहयुद्धले गर्दा समेत पछि परेको श्रीलंकाटापुमा बत्ती बलेसगै स्थानीय ज्यादै खुसी भएको छ्न !स्थानीय गोपाल मगर भन्छ्न खुसिको कुनै सिमा छैन त्यसतै अर्का बुधबारेका युवा रुपेश ढ्काल भन्छ्न हामी विद्यार्थीको लागि सार्है राम्रो भएको बताय !कृषक गिरिराज बिक भन्छ्न प्रदेश सरकार र स्थानीय सरकारले समेत चासो र बजेट छुट्याएको कृषिको लागि उर्बर भुमिमा बत्ती बले सगै खुसी छ्न !
सुनसरी र उदयपुरको सिमा विबाद क्षेत्र हो कोसिटप्पु जहाँ बिगत ३ बर्ष देखि सिमा बिबाद हुँदै आएको छ भने ठोक्सिला बिधुतिकरणले बत्ति बालेको हो! उक्त सस्थाको अध्यक्ष धनपती आचर्यले आफ्नो कुरा राखेका थिय! बेलका नगरपालिकामा१,२,३,४,५,६,८,९ नम्बरमा बिधुत पहुच पुगेको छ भने ७ नम्बरमा बिस्तारको क्रममा छ !२,३ केन्द्रिय प्रशारणबाट भएको हो भने बाकी वार्ड ठोक्सिला बिधुतिकरण बाट भएको हो ४,९ नम्बर वार्ड्मा ९०% घरमा बिधुत पुगिसकेको बताय उज्यालो अभियन्ता तथा सस्थाका सचीव रमण भट्टराईले अब छिटै पुरै बेलका नगरपालिकाभरी बत्ती बाल्ने योजना र काम अगाडि गरिरहेको बताय!
दशैको अवसरमा बत्ती बले सगै स्थानीय बुद्धिजीवी कान्छाकाजी थापा हर्षले खुस भएको छ्न !कुपि,लालटिन सोलारको भरमा टप्पु जस्तो ठाउमा त्यसमा झनै हात्तिको बासस्थान भएको स्थानमा बत्तिबलेको उपलक्ष्यमा सिंङो टप्पु बासी खुसी छ्न!टप्पु क्षेत्रको लागि बिधुत र बिकास कृषि खेतिको लागि नगरपालिका सधै अगाडि बढेको बताय वार्ड न ४ का वार्ड अध्यक्ष दिपक दङ्गालले !बेलका नगरपालिकाकै उर्बर भुमिहो कोसिटप्पु क्षेत्र जहाको उत्पादित तरकारी ,खाद्यान्न विभिन्न जिल्लाको बजारमा सम्म पुग्ने गरेको बताय युवा बुद्धिजीवी बिजय राउतले!
तत्काल २ सय घरमा बिधुतमिटर राखेको र अरुले राख्ने क्रम रहेको छ! नजिकै रामपुर बजारमा बिधुत आएको ७/८ बर्ष पछि बलेको हो ! एक कार्यक्रम गरि स्विच थिचेर समुदघाटन भएको हो!


