NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

पोखरामा विमान दुर्घटना कलाकार देखि पत्रकार सम्मको निधन

1 Mins read

काठमाडौबाट पोखराका लागि उडेको यती एयरको विमान आइतबार अवतरणको क्रममा दुर्घटनामा पर्‍यो । दुर्घटनामा परि चालक दलका सदस्यसहित ७२ जना यात्रु मध्य अधिकांशको मृत्यु भएको छ । दुर्घटनामा देशले डाक्टर, पाइलट, कलाकार, पत्रकारसम्म गुमाएको छ ।

५३ जना नेपालीसहित ५ भारतीय, ४ रसियन, २ कोरियन र १/१ अर्जेन्टीनी, अस्ट्रेलीयन, आईरीस र फ्रान्सेली नागरिक सवार विमान दुर्घटनामा एकै परिवारका ४, डाक्टर दम्पती र गायिकाको पनि निधन भएको छ ।

दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवार र १० महिने शिशुको मृत्यु भएको छ । पोखरा निवासी डा. श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएको थियो भने गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गर्नुभएको थियो । २ वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ आज सपरिवार सहित घर जाँदै हुनुहुन्थ्यो ।

यस्तै, दुर्घटनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पनि ज्यान गुमाउनुभयो । काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा उहाँ दुर्घटनामा परि ज्यान गुमाउनुभएका पौडेल माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक समेत हुनुहुन्थ्यो ।

यस्तै आजको दुर्घटनामा लोकगायीका निरु छनत्यालको पनि निधन भएको छ । बागलुङमा हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी उहाँ त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । क्याप्टेन कमल केसीले उडाएको जहाजमा को पाईलट अञ्जु खतिवडा हुनुहुन्थ्यो ।

सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पति दीपक पोखरेललाई गुमाएपछिक खतिवडाले यही पेशालाई अङ्गाल्नु भएको थियो । पतिको निधनपछि अमेरिका गएर पाईलट पढ्नु भएकी खतिवडाको आजको अन्तिम उडान सफल भएको भए पाईलट बन्नु हुन्थ्यो ।

यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलकी एयर ट्राफीक कन्ट्रोलर सरस्वती डुम्रेको पति, सासु ससुरा र दुई सन्तानको समेत निधन भएको छ । काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर सेतीको खोँचमा दुर्घटनामा परेको हो ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *