बेलका/कमलाबारि कृषि सहकारीका अध्यक्ष तथा विभिन्न समितिमा रहेर बेलकाको उन्नति र प्रगति र सुशासन चाहने ब्यक्तीतव तुलसिराम सापकोटाको अल्पायुमा स्वर्गरोहण भएको हुदा यति खेर सिङ्गो बेलका नगरपालिका दुखीत छ।
कमलाबारि कृषि सहकारी बेलका-९ को तर्फबाट मृतक तुलसिराम सापकोटाको घर,परिवारमा शोक सभा गरिएको हो ।
आफ्नो सामाजिक जिवनमा पहिलो पटल सहकारीमा अध्यक्ष भयर राम्रो काम गरेर जनताको मन जित्दैगर्दा अप्रत्यसिल रूपमा देहावसान भयकोमा कमलाबारी कृषि सहकारी दुखित भएको छ ।
आज निज साप्कोटाको परिबारमा कमलाबारी कृषि सहकारीको तर्फबाठ सस्थाका सल्लाहकार रामकुमार कम्मर बाट रुपैया ५००० हजार सहयोग गरिएको हो।
शोक तथा श्रद्धाञ्जली सभामा बोल्दै सल्लाहकार कम्मरले साप्कोटाले देखाएको बाटो,लक्ष्य ,सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सापकोटाको उपचारको क्रममा कार्तिक ११ गते बिराटनगर नोबेल अस्पतालमा निधन भएको हो ।


