NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

रिंकीबुङको राँगो’ गीतका गायक सुरेश गन्धर्व बिरामी

1 Mins read

रिंकीबुङको राँगोलाई ……
चुङकेबुङको चुलेसीले ……
ताप्लेजुङमा ताकेर ……
कालेबुङमा काटेर ……
अरुण तमोर तरौला …..
तिते फापर छरौला ……
फुल लाउँला केसरी …..
खाउँला बेसरी ……
एकताका चर्चित बनेको सिके श्रेष्ठले रचना गरेको यो गीतका गायक हुन सुरेश गन्धर्व । उनी अहिले बिरामी छन् । बिरामीले उनी थलिएका छन् ।६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका उनले थाहा पाउँदा देखिनै सारङ्गी बजाउने गर्दथे । सारङ्गी रेट्दै हिँडेको करिब ५० वर्ष बढी भएको छ । जीवनमा उनले धेरै गीत गाए । धेरैको मन जिते । तर पछिल्लो समय सुरेश गन्धर्वको स्वास्थ्यमा समस्या देखिएपछि दुई छाक टार्न धौ धौ परेको छ ।लामो समय देखि कर्मथलो धरानलाई बनाएका सुरेश गन्धर्व यति बेला धरान-८ बरगाछीमा कोठा भाँडामा बस्छन्। उनलाई पछिल्लो समय मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूले च्यापेको छ । उनी भन्छन् लकडाउन नहुँदा दिनको ४-५ सय रुपैयाँसम्म आम्दानी हुन्थ्यो, चाडपर्व हुँदा हजार बाह्र सय कमाउँथे, अहिले लकडाउन सँगै कोरोनाको कहरका कारण आम्दानी छैन, रोगी भएर थलिएको छु।ु नेपाल भारतका धेरै ठाउँहरू हिँड्दा धेरै धेरै दुःख,भोक र प्यास, तिता बचन सहेर लोकभाकामा निरन्तरता दिएको उनी बताउँछन् । बजार क्षेत्रमा त प्रहरीले टिकी खान दिँदैनथे ।
काठमाण्डौको पशुपति बनकालीनमा २०६० सालमा रोडमा बसेर गीत गाउँदा एक प्रहरी अधिकृतले ुतेरो मुन्टो चुँडाएर फालिदिन्छुु सम्म भनेको तितो स्मरण सुनाउँछन् । कतिपय स्थानमा गाउँघरका मानिसले पनि बचन लाउने गर्दथे, धेरै चित्त दुख्छ तर सहन्छु गन्धर्वले भने । उनकी काइँली छोरी तारा गन्धर्वले भनिन् सारङ्गी बाध्य वादनबाट बुबाले केही पैसा ल्याउनु हुन्थ्यो । बिरामीले थला परे पछि कमाउने कोही छैनन् । दैनिक गुजारा गर्न निकै सकस परेको छु । ुगन्धर्व जातिको पुर्खौली पेसा नै सांरगी बजाउनु भएकाले गर्दा आफू यस पेसामा खुसी छुु उनी भन्छन् । म बाँचिरहे सम्म सारङ्गी बजाई रहन्छु । गाउन धेरै मन छ तर स्वास्थ्यले साथ नदिने उनी बताउँछन् ।
पृथ्वीनारायण शाहको पालाका त्यस अघि राजाको पालामा सत्य घटनामा आधारित हत्याहरू र पर्वहरूको जानकारी लोकगाथा बनाएर गन्धर्वले सुनाउने चलन थियो । सूचना जस्तै हुन्थ्यो । तर, अहिले प्रविधि सँगै आधुनिक बाजा बजाउँछन् । पछि त सांरगी के हो रु भन्छन् होला र रु त्यसैले सांरगी जर्गेना गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न राज्यले सहयोग नगरेको उनी बताउँछन् ।
२०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिङकेवुङके राँगोलाई बोलको गीत रेकड गरेका थिए । पारिश्रमिक बापत उनले त्यति बेला २५ सय पाएका थिए । २०६० सालमा नेपालमा सांरगी बाध्य वादनमा दोश्रो भएर पुरस्कृत समेत भएका थिए ।
कलाकर्मीलाई देशको गहना भने पनि त्यसलाई सरकारले व्यवहारमा उतार्न नसक्दा वरिष्ठ कलाकारहरू समेत बुढेसकालमा पुगेपछि बेसहारा बन्नु परेको साथै कसैले पनि याद समेत नराख्ने गरेकोमा उनको गुनासो छ । लोक साङ्गीतिक क्षेत्रमा योगदान पुराएका गन्धर्वलाई कुनै यति बेला कुनै पनि सङ्घ संस्थाहरू, स्थानीय तह, सरकार, साङ्गीतिक संस्था, नेताहरूले आर्थिक सहयोगको त परको कुरा सोधपुछ समेत नगरेको उनी बताउँछन् ।
मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी र विद्यादेवी भण्डारीको साथमा समेत एकताका सांरगी बजाएर हिँडेको उनी बताउँछन् । पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पनि रिङकेवुङके राँगोलाई बोलको गीत गाएर नचाएको उनी पुरानो कुरा सम्झन्छन् । त्यो बेला जल्दोबल्दो उनै सुरेश गन्धर्व यति बेला आफ्नो स्वास्थ्यमा आएको प्रतिकुल अवस्थासँग पैठेजोरी खेलिरहेका छन् । उनी भन्छन् लोक भाका र सारङ्गी माया गर्नेहरूले मलाई सहयोग गरिदिनुस् । लोक बाजा सारङ्गीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छु ।
कलाकार देशका गहना हुन । हामीले त्यो गहना को मूल्य बुझ्नु पर्छ । शरीरमा तागत हुँदा सम्म आफ्नो मौलिक संस्कृतिलाई जोगाउन कम्मर कस्नेहरू अहिले उमेर ढल्किए सँगै थला पर्दा कतैबाट सोधी खोजी समेत नहुनु आफैमा दुखद छ । तसर्थ देशकै लागि लोक संस्कृतिमा योगदान पुर्‍याएका यस्ता स्रष्टालाई हरेक तह तप्काबाट संरक्षण र सहयोग गर्न जरुरी देखिन्छ । यश गितलाइ कलाकार रमेश प्रसाइले समेत गाय पछि ऐले सामाजिक सन्जालमा ब्यापक चर्चामा छ ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.