बेलका/ बेलका नगरपालिका वडा न २ मा रहेको श्री तपेश्वरि आधारभूत बिधालयमा २०० माक्स, १ लिटर सेनेटाईजर , ६ पिस हातसफा गर्ने साबुन प्रदान गरिएको हो । पुर्व विद्यार्थी समाजको तर्फबाट आज एक कार्यक्रम गरि उक्त बिध्यालयका प्रअ कर्ण बहादुर तामाङलाई समाजको तर्फबाट कुबेर लुइँटेलले प्रदान गरेका हुन । यश अघि पनि तपेस्वरी १/२ का बिध्यालयलाइ मास्क,सेनिटाइजर,थर्मन गन लगायत स्वास्थ सामग्री प्रदान गरिएको हो । पुर्व विद्यार्थीहरुबाट बिध्यालयको शिक्षा लाई गुणस्तरीय बनाउन को लागि एक अभियान समेत संचालन गरिएको छ ।निकट समयमा एक पुस्तकालय समेत निर्माण गर्ने बताय। कोरोनाले गर्दा बिगत ८ महिना देखि बेलका नगरपालिकाको सबै बिध्यालय बन्द भएको थिय भने हाल संचालन गर्ने तर्खर हुदैछ ।कोरोनाबाट सुरक्षित रहन स्वास्थ सामग्री प्रदान गरिएको बताय अगुवा कुबेर लुइँटेलले ।


