NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

रुस,साइबेरिया देशबाट जाडो छल्न आउन थाले चरा कोसिटप्पु क्षेत्र

1 Mins read

बेलका/मंसिर ०९ गते । यसपालि दशैँ/ तिहार ,छठ सकिए लगतै जाडो सुरु भएकाले यसपटक कोशीटप्पु वन्यजन्तु आरक्षमा पाहुना चरा आउन थालेको छ । विगतको तुलनामा यसपाली समयमै पाहुना चारा देखिन थालेका छन् । आगन्तुक चरासँगै कोशीटप्पुमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।
कोभीड १९ का करणले विदेशी पर्यटक नआए पनि विदेशी चरा भने आउन थालेको आरक्षले जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले यसपटक छिट्टै मौसम खुलेकाले केही केही चरा देखिन थालेको बताउनुभयो । कोशीटप्पुको मूख्य आकर्षणको रुपमा रहेको चरा भएकाले आन्तरिक पर्यटक आवागमन बढेको चौधरी बताउनुभयो । आरक्षमा ५ सय २८ प्रजातिका चरा पाइन्छन् । चौधरीका अनुसार ‘चराको राजधानी’ र ‘चराको स्वर्ग’ जस्ता अनेक नामले चिनिएको कोशी नदी तथा यसको आसपासका इलाकामा यस पटक समयमै विदेशी पाहुना चराहरू देखिन थालेका हुन् ।
केही चरा आउन थालेकाले अव अत्यधिक चिसो भएपछि रुसको साइबेरियादेखि लामो दूरी पार गरी चराहरू कोशीटप्पुसम्म आइपुग्छन् । सामान्यतया चराले बादल लाग्दा, पानी पर्दा अनि ‘भिजिबिलिटी’ कम हुँदा लामो दूरीको यात्रा गर्दैनन् । तराईमा लाग्ने हुस्सु भन्दा छिटै कोशीटप्पुमा चराले आफ्नो वास बसेका थिए ।
कोशीटप्पुमा मात्र होइन सुनसरीकै बर्जु ताल, रास ताल लगायतका अन्य सिमसारमा समेत विदेशी चरा संख्या बढ्दै गएको चराप्रेमीहरुले बताएका छन । चरा प्रेमी विएल चौधरीले कोशीटप्पुमा गणना थालिएको ३० वर्षमा चराको संख्या भने वर्षेनी घटिरहेको गुनासो गर्नुभएको छ ।
कोशीमा आउने जलचरा मध्ये अधिकांश अन्न मात्रै खान आउने चरा नदीको आसपासका खेतमा अन्न खान पाइए मात्रै चरा आउँछन् । तर पछिल्लो समय खेतीयोग्य जमिनको प्लटिङले पनि चराको आहारा कम हुन थालेकाले संख्याको आधारमा कोशीटप्पुमा चराको संख्या कम हुँदै गएको चौधरीको भनाई छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवले सगरमाथा माथिबाट बच्चा कोरल्न आउने चराहरुको आगवन भए पनि रैथाने जातको चरा लोपहुन लागेको बताउनुभयो ।
यादवले प्राय कोशीटप्पुमा लामो दूरी तय गरेर आउने चरा हाँस प्रजातिका भएको र हाल कोशीटप्पुमा ठूलो जलेवा (ग्रेटर कर्मोनेण्ट), चखेवा (रेडिसियल डक), खोया हाँस (बार हेडेड गुज) लगायतका चरा देखिन थालेको बताउनुभयो ।
उपयुक्त मौसमी पर्यावरणको कारण कोशीमा चरा जाडो छल्न मात्र होइन । सगरमाथाभन्दा माथिको उचाइबाट उड्दै बच्चा कोरल्न पनि कोशीटप्पु आउने गर्छन् ।
बारहेडेड गुज जसलाई नेपालीमा खोया हाँस पनि भनिन्छ । यी चरा सगरमाथाभन्दा माथिबाट उडेर आउँछन् । यो चरा १३ हजार मिटर माथिबाट आउने गर्छन् । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि पंक्षीहरू यस वर्ष उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धमा बसाइँ सर्दै कोशीटप्पुसम्म आउने गर्दछन् ।
एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गर्दै साइबेरियादेखि कसी टप्पुसम्म आउने गर्दछन् भने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दूरीको बसाइँ सरी आउँछन् । नेपालबाटै पहिलो पटक चराको विषयमा विद्यावारिधि गरेका डा हेमसागर बरालका अनुसार हिउँदमा १५० प्रजातिका चरा नेपाल आउँछन् । जसको ठूलो संख्या कोशीटप्पुमा बस्छ ।
बरालका अनुसार सुडसुडिया प्रजातिको चरा १५/२० दिनसम्म निरन्तर आकाशमा उडेर हजारौँ माइलको दूरी पार गर्ने गर्छन् । बसाइँसराइँ अघि चराले धेरै खाना खाएर शरीरमा टन्न बोसोको मात्रा जम्मा गर्छन् । निरन्तर उड्दा बोसोबाट शक्ति आर्जन गर्छन् ।
आरक्ष आसपासका क्षेत्रहरूमा चरा लामो समयका लागि मात्र होइन, यात्राको क्रममा केही दिन बास बस्नका लागि मात्र पनि प्रयोग गर्ने गर्दछन् । आरक्ष आसपासको क्षेत्रमा बसाइँसराइँ गरी आउने चरामा चखेवा, खडखडे, मालत र सुडसुडिया हाँस प्रजाति देखिएका छन् । त्यसैगरी सिकारी चराहरू साहिबाज सेनबाजजस्ता प्रजाति पनि देखिएका थिए ।
कोशीटप्पुमा चरा हेर्नकै लागि आरक्षमा अघिल्लो वर्ष यो सिजनमा ३०/३५ विदेशी टोली आइरहेकोमा यसपालि कोभिड १९ का कारणले विदेशी पर्यटक नआए पनि आन्तरीक पर्यटक आउने क्रम बढेको छ । चरा मात्र होइन विश्वमै दुर्लभ बबुलिस जातको अर्नासमेत हेर्न आरक्षमा पर्यटक आउने गर्दछन् । चरासँगै अर्ना, हरिण, नीलगाई अवलोकन गर्न विदेशी र स्वदेशी पर्यटक कोशीटप्पु आउने गरेका छन् ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *