आवर बेलका / २३ मंसिर – बेलका नगरपालिकामा मंसिर २३ गते एकैसाथ ९ वटा भौतिक पुर्वाधार बिकास तर्फका भवन तथा पुलको उद्घाटन १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री सेरधन राई बाट भएको हो ।
वार्ड न ४ मा दुईवटा स्वास्थ भवन र वार्ड कार्यलयको उद्घाटन भएको हो २३ लाखमा निर्मित वार्ड कार्यलय र ३० लाख माथीको स्वास्थ भवन हुन ।
स्वास्थ भवनलाई जग्गा दाता स्थानीय रत्नबहादुर आले मगरलाइ मुख्यमन्त्री बाट सम्मान गरिएको हो भने उहाले स्वास्थ भवन बनाउन ३:१४ धुर जग्गा उपलब्ध गराएको हुन हाल यश जग्गाको चलनचल्तीमाको भाउ जम्म्मा ७० लाख माथी छ भने वार्ड भवनलाई समेत जग्गा दिने दाता डम्बर बहादुर तामाङ र उहाको परिबारलाइ समेत सम्मान गरिएको हो उहाले १ कठ्ठा जग्गा दान गर्नु भएको हो हाल यश जग्गाको बजार भाउ २० लाख रहेको छ ।
कार्यक्रममा स्थानीय राजनीतिदल,बुद्धिजीवी ,समाजसेवी लगायत ब्याक्तीहरुको बाक्लो उपस्थिति रहेको थियोे वार्ड अध्यक्ष दिपक दङ्गाले मुख्यमन्त्रीलाई ४ नम्बरको बिकास गर्न आवश्यक बजेट तर्जुमा गर्नको निमित्त सिसुवाखोला सिचाइ ,सिखरमार्ग,भोजपुर सडक ,लालाबजारघारे घाट मार्ग लगायत योजनाको माग गरेका थिए ।


