आवर बेलका/ २३ मंसिर / बेलका नगरपालिकामा बिगत १० बर्ष अगाडि बाट निर्माण सुरु भयर गतबर्ष मात्र समापन भएको बेलका नगरपालिकाको एक मात्र सभाहल १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई बाट उद्घाटन भएको छ ।
तत्कालीन ४ गाबिस कटुन्जे बबला, तपेस्वरी ,मैनामैनी ,रामपुर ठोक्सिलाको केन्द्र बिन्दुमा बनाउनको लागि तत्कालीन इलाका परिषदबाट निर्माण सुरु भएको सभाहल गत बर्ष समापन भएको हो।
गाबिस लगायत अन्य बजेट बाट सुरु भएको सभाहल २०७४ को स्थानीय तहको चुनाव पछि वार्ड न ९ को कार्यलयले सम्पन्न गरेको हो ।
तत्कालीन माओवादी पार्टीका एरिया इन्चार्ज गणेश राई अध्यक्ष भयर सुरुवात गरेको सभाहल लाई स्थानीय समाजसेवी बिन्दादेवी सेढाईले १ कठ्ठा जग्गा दान गरेकी हुन। विभिन्न ब्याक्ती अध्यक्ष भयर निर्माण गरिएको यश भवनमा भबनाथ घिमिरे ,पुस्प सुवेदी,सुशील सेढाई ,तुलसिराम सापकोटा लगायत ब्याक्तीहरुले पटक पटक उपभोक्ता समिति बनायर निर्माण गरेका हुन ।
वार्ड न ९ को २० लाख (१० नगरपालिका सहित) गरेर निर्माण सम्पन भएको सभाहलमा ३०० मान्छे एकैसाथ सहभागी भएर कार्यक्रम गर्न मिल्छ।
वार्ड न ९ का वार्ड अध्यक्ष मोहन प्रसाद घिमिरेले भवन निर्माणको सुरुवाती देखि अन्तिम सम्मका सहयोग गर्ने ब्याक्तीहरुलाइ सम्झिएका थिय भने जग्गा दाता बिन्दा सेढाई र उहाको छोरा सुशील सेढाईलाई मुख्यमन्त्री राइले सम्मान गरेका हुन। कार्यक्रममा जग्गा दाता सुशील सेढाईले अझै ४ धुर जग्गा थप दान गरेका हुन उक्त ४ धुरमा चर्पी निर्माण गरिएको बताय ।
यश सभाहलमा बिबाह ,विभिन्न कार्यक्रम गरिदै आएको छ ।अध्यक्ष घिमिरेले मौखिक रूपमा मुख्यमन्त्री राइ सग पुस्पान्जली टोल देखि सेवाकेन्द्र सम्म पिच गर्न बजेट माग गरेका थिए


