NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

मुख्यमन्त्री राई द्वारा बेलकामा निर्मित भौतिक संरचनाको उद्घाटन

1 Mins read

सुमन सागर/आवरबेलका
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बेलकामा निर्माण गरिएका विभिन्न ९ वटा भौतिक संरचनाको मंगलबार उद्घाटन गरेका छन।

नगरपालिका भित्र निर्माण गरिएका ४ नं वडा कार्यालय भवन, ४ नं वडा प्राथमिक स्बास्थ भवन, ५ नं वडा कार्यालय भवन, ६ नं सम्पर्क वडा कार्यालयको भवन, ३ नं वडामा रहेको खसि बोका संकलन केन्द्र, बेलका नगरपालिकामा रहेको महिला सुरक्षा आवास भवन, बेलका सिटिहल भवन,आदिवासी जनजाती महासंघ भवन, सेतिखोला झोलुङ्गे पुलको मुख्यमन्त्री राई द्वारा औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले संघियता प्रणाली लाई कार्यनयन साथै संस्थागत गर्ने प्रक्रिया अगाडि बढेको बताए। ” हामिले बनाएको संविधान जनताको हो, संविधान अनुरुप अधिकार सम्पन्न जनता बनाउन अहिलेको तिनै तहको सरकार लागेको छ, संघीय प्रणाली बाट देशलाई समृद्द बनाउन सरकार लागेको मुख्यमन्त्री राईले बताएका छन।
“संविधान अनुरुप नेपालको इतिहासमै पहिलो पल्ट नेपाली जनतालाई मालिक बनाउने प्रयास गरेका छौं , आज उद्घाटन भएका संरचना संघियता कै अनुरुप हो ,जनताको काम पारदर्शी , चुस्त दुरुस्त पार्नका लागि आज यस्ता भवन निर्माण भएका छन।
हिमाल ,पहाड , तराई, विभिन्न जातजाति , धर्म संस्कृति , भेष भुषाका आम जनता लाई संघीय प्रणालिको माध्यम बाट एउटै मलामा उन्ने हामिले संकल्प गरेका छौं, संकल्पलाई संस्थागत गर्ने सबैको साझा कर्तव्य हो।
देशलाई समृद्द बनाउन सबै खालका बिभेदको खाडल अन्त्य गर्दै समानता र समाबेशी मुलुक निर्माण गर्न सबै एकजुट हुनुपर्नेमा मुख्यमन्त्री राईले जोड दिएका छन।
बैधानिक रुपमा जनताको अमुल्य मत बाट चुनिएर आएका सरकारले जनताको बिकास र समृद्दिको साझा आकांक्षा लाई पूरा गर्न एक ढिक्का भएर लागि पर्ने समय आएको मुख्यमन्त्री राईले बताएका छन।

बिशिस्ट अतिथी उदयपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सुरेस कुमार राईले नेपाल सरकारको बिकास र समृद्दिको साझा एजेन्डामा सबै तहको सरकार लागि परेको बताएका छन।
संघियता कार्वन्यन साथै जनताको अधिकार प्राप्तिका लागि सरकार लागि परेको राईले बताएका छन।

बेलका नगरपालिका समाबेशी नगरपालिका हो, समाबेशी नीति कार्यक्रम भएको पालिका हो। “जहाँ अभर त्यहा नगर” भन्ने एउटा बिचारले समाबेशिता लाई ५ औं नम्बरमा राखेर हामी अघि बढेका छौं । बिभिन्न दिवसमा हामी भाषण गरेर हैन गरिब दुखी असहाय लाई सहयोग र काम बाट हामिले जनताको काम गरेको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए।
बेलका नगरपालिकामा ९ हजार घरधुरी का ७२ प्रतीशत जनताले आफ्नो जग्गाको लाल पुर्जा पाएका छैनन, आफ्नो जग्गा भएर पनि सुकुम्बासी भएर बस्नु परेको छ, जनता लाई जग्गाको मालिक बनाउने बेलका नगरपालिकाको कदममा प्रदेश सरकारको पहलमा मुख्यमन्त्री कै हात बाट लालपुर्जा प्रदान गरि जनतालाई आफ्नो भुमिको मालिक बनाउनेमा नगरपालिका लागि परेको मेयर थापाले बताए।

कार्यक्रममा विभिन्न भौतिक संरचना निर्माण गर्न जग्गा दान गर्ने दातालाई सम्मान गरिएको थियो।
विभिन्न कला संस्कृति झल्कने विभिन्न जातजातिको झांकी नृत्य समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रदेश सभा सदस्य बिमल कार्की, अम्बिका थापा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *