मनोज बिष्ट /२६ मंसिर – इटहरी लेडी जेसिजको १९ औ शाखा अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अध्यक्ष , निबर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष,पूर्व अध्यक्षहरु,लेडी जेसिजको पूर्ब अध्यक्ष क्लबका अध्यक्ष ज्यू, मानार्थ सदस्यहरु , जेसिज का मनोनीत सदस्यहरु, साधारण सदस्य, लगायत बोर्ड का सम्पूर्ण पदाधिकारी हरुको उपस्थिति रहेको अधीवेसन तिन दिन सम्म लगातार चलेको थीयो। उक्त कार्यक्रममा पहिलो दिन मतदाता नामावली प्रकाशन, दोश्रो दिन साधारणसभा सुरु साथै उम्मेद्बारी दर्ता ,उम्मेद्बारी लाई तालीम कार्यक्रम सम्पन्न भएको थीयो भने अंतिम दिन आज मंसिर २६ गते शुक्रवार बर्ष २०२१ का लागि नया कार्यसमिति सर्ब सम्मत चयन गरिएको छ। बर्ष २०२१ लाई अघि बढाउनका निम्ति अध्यक्षमा जेसी गीता गौतम ज्यू, कार्यकारिणी उपाध्यक्षहरु क्रमशः जेसी पुष्पा अधिकारी लुइटेल ज्यू, जेसी सुमिता कार्की ज्यू, उपाध्यक्ष हरु क्रमशः जेसी सुनीता ढकाल काफ़्ले ज्यू, जेसी रीता राउत ज्यू, जेसी चन्द्र कला गुरुङ ज्यू, जेसी धनु राई ज्यू, साथै सचिब मा जेसी सुनीता दाहाल ज्यू सर्बसम्मत निर्बाचित भएकि हुन। उक्त निर्बाचनका निर्बाचन अधिकृत पूर्ब अध्यक्ष जेसी मीनू न्यौपाने ज्यू रहेकि थिइन भने अध्यक्षता जेसी रोशना थापाले गरेकि थिइन । उक्त शाखा सम्मेलनको निर्देशक कार्यकारिणी उपाध्यक्ष जेसी इन्दिरा काफ़्ले रहेकि थिइन ।काफ्ललेले अधीवेशन सफलता पुर्बक सप्पन्न भएको समेत बताइन ।


