आवर बेलका/ पुस २ / बेलका नगरपालिका वडा न २ मा रहेको श्री रामजानकी आधारभूत बिधालय रामनगर बिधालयका विद्यार्थीहरुलाई स्वास्थ सामग्री बितरण गरिएको २ दिन पछि वार्ड कार्यलयले विद्यार्थीलाई बस्नको लागि कार्पेट ,फम उपलब्ध गराएको छ। पुर्व विद्यार्थी समाज तथा केही अगुवा युवाहरुको निरन्तर खबरदारीले गर्दा सामग्री उपलब्ध गराएको हो । आज एक कार्यक्रम गरि राज साह लगायत युवाहरुले सहयोग गरेका हुन बिधालयका ब्यबस्थापन समिति अध्यक्ष सुर्य कुमार राई र प्रअ बन्दना काफ्लेलाइ प्रदान गरेको हुन । उक्त बिधालयमा ९५ जना बिद्यार्थी रहेको १ जना शिक्षक छ्न भने बिधालयका बिद्यार्थीहरुलाई बस्ने सुबिधा केही छैन स्थापन भएको १ बर्ष बितिसक्दा पनि विद्ययलामा डेस्क बेन्च नहुनुमा दुखित छ्न शिक्षा अभियन्ता कुबेर लुइँटेल , चिसो जाडोमा बालबालिका अध्यान गर्ने ठाउँमा नहुनु स्थानीय सरकारओ गैह्रजिम्मेवार हो । लुइँटेलको अगुवाईमा साबिक तपेस्वरिका हाल बेलका १/२ वार्ड्का १० भन्दा माथीका बिद्यायलामा स्वास्थ सामाग्री तथा खेलकुद सामग्री बितरण गरिसकेको छ्न भने पुरन्दहमा एक सार्बजनिक पुस्तकालय निर्माणको लागि सहयोग अभियान जारी राखेका छ्न । पुर्व विद्यार्थी समाजको तर्फबाट शिक्षा क्षेत्रलाई अगाडि बढाउन लुइँटेल तथा टिमका केही साथीहरू दिनरात नभनी गुणस्तरीय शिक्षा प्रदान गर्न ,खबरदारी गर्न सहयोग गर्न बेलका नगरपालिकामा अहोरात्र लागिपरेको छ्न।


