NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

मुख्यमन्त्री राइको मन ढुङ्गाको भयपछी एक जनाको मृत्यु

1 Mins read

बेलका/ सोमबार मोरङको बेलबारी ४ मा एक सडक दुर्घटना भयो। स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भए।

पूर्व पश्चिम राजमार्गमा भएको सो दुर्घटनामा परी घाइतेहरु सडकमा तड्पिदा पनि मानिसहरुले हेरिरहे, उनीहरुको उद्धार भए। यसैक्रममा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थानमा पुग्यो। तर, सो लस्करले पनि घाइतेलाई सडकमै छोडेर हिँड्यो। लस्करमा मुख्यमन्त्री राईले सडकमा भएको दुर्घटना हेर्न चाहेनन्। उनीसँगै रहेका सुरक्षाकर्मीलाई उनले उद्धार गर्न भनेनन्।

मुख्यमन्त्रीको लस्कर त्यहाँबाट गएको केही समयपछि प्रहरी त्यहाँ पुगेर घाइतेको उद्धार गर्यो। तर, उद्धारमा ढिलाई भइसकेको थियो। घाइते मध्ये खत्रीको निधन भइसकेको छ। अर्को घाइते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *