मनोज बिष्ट /बराहक्षेत्र / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बराहक्षेत्र नगर कमिटी, सुनसरीले संघीय संसद भंग गर्ने असंबैधानीक निर्णय नसच्याए अधिनायकवादी शासकहरुविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सोमबार बराहक्षेत्र नगर पार्टी कार्यालयमा बसेको नगर कार्यालय, नगरभित्रको भुगोलका जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको नेकपा बराहक्षेत्र द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारको गैरसंबैधानीक कदमले जनताको रगत, आँशु र पसिनाले लेखिएको संघीय लोकतान्त्रीक गणतान्त्रीक संविधान धरापमा परेको नेकपा बराहक्षेत्रको ठहर छ ।
अध्यक्ष कमल बहादुर कट्वाल र सचिव कजेन्द्र थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पौस ५ गते निर्वाचित संघीय ससदलाई गैर–संबैधानीक तरिकाले भंग गर्न राष्ट्रपति समक्ष गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद भंग गरी निर्वाचनको मितिसमेत घोषणा गरेको घटनाले जनताको रगत, आँशु र पसिनाले लेखिएको संघीय लोकतान्त्रीक गणतान्त्रीक संबिधान धरापमा परेको छ ।’
प्रधानमन्त्री र राष्ट्रपतिलाई उक्त असंबैधानीक निर्णय सच्याएर संसद पूनस्र्थापना गर्न नेकपा बराहक्षेत्रले माग गरेको छ । यदि उक्त निर्णय नसच्याएर लोकतन्त्रविरोधी, अधिनायकवादी शासकहरुविरुद्ध संघर्षको आँधीबेहेरी सृष्टि गर्न सम्पुर्ण लोकतन्त्रवादी पार्टीहरु र आम जनसमुदायमा समेत नेकपा बराहक्षेत्रले आह्वान गरेको नेकपा बराहक्षेत्र सह- इन्चार्ज पुस्प ढुङ्गानाले बताय ।


