आवर बेलका/ प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टी तथा अन्य पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् । बेल्टारको केन्द्र बिन्दु बेल्टारचोक( पुस्पलाल )सोमबार आयोजित विरोधसभामा बोल्दै युवा-विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
अनेरास्ववियू, ,राष्ट्रिय युवा संघठन ले ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘नालायक केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री ओलीले चालेको कदमको कडा विरोध गर्दै अनेरास्ववियू नेता पासाङ राइले ओलीलाई पार्टीबाटै निष्कासन गर्न माग गरे ।
‘ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष बन्ने नैतिकता गुमाइ सकेका छन्,’ राइले भने, ‘ओलीलाई पार्टीको साधारण सदस्य नै नरहने गरी निस्कासन गरियोस ।’
त्यस्तै लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु गर्न लागेको नेकपा जिल्ला सदस्य कुमार खड्काले बताए । ‘संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गर्नुभएको छ,’ खड्काले भने, ‘गणतन्त्रको रक्षाका निम्ति आन्दोलनको आगो बाल्छौं ।’
उनीहरुले प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको बताए थप आन्दोलन को घोषणा गर्ने बताय नेकपा जिल्ला सदस्य किशोर ताम्राकारले ।


