आवर बेलका/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई कित्तामा बाँडिएको सत्तारुढ नेकपा फुटको असर प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ। यति बेला एकातिर प्रचण्ड–माधव समूह र अर्कातिर केपी शर्मा ओली समूह दुवै समूहले आफू आधिकारिक नेकपा भएको दावी गरिरहेका छन्।
पार्टी एक हुँदा नेकपामा उदयपुरबाट चारजना केन्द्रीय सदस्य सुरेश राई, जगनाथ खतिवडा, बलदेव चौधरी र मञ्जु चौधरी रहेका थिए। मञ्जुबाहेक तीनैजना प्रचण्ड–माधव समूह मै छन्। राई प्रदेश १ कमिटी सचिव हुन् भने बलदेव जिल्ला इन्चार्ज हुन्। जिल्ला अध्यक्ष र सचिवसहित १५७ जना जिल्ला सदस्यमध्ये ११३ जना प्रचण्ड–माधव समूहमा रहेका छन्।
उदयपुरका आठवटा स्थानीय तहमध्ये सात स्थानीय तहमा नेकपाको सरकार छन्। जसमध्ये प्रचण्ड–नेपाल समूहमा चारवटा स्थानीय सरकार प्रमुख खुलेको र ओली समुहमा दुईवटा स्थानीय सरकार प्रमुख लागेका छन्। रौतामाई गाउँपालिकाका अध्यक्ष नखुले पनि प्रचण्ड–माधव समूहमै रहेको नेकपाका जिल्लाका सचिव ईश्वरमणि राउत बताउँछन्।
प्रचण्ड–नेपाल समूहमा त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापा रहेको छन्। ओली समूहमा बेलका नगरपालिका नगरपालिका प्रमुख दुर्गा थापा र कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ रहेका छन्।
प्रचण्ड–माधव समूहले गरेको जिल्ला भेलामा १५७ जना जिल्ला सदस्यमध्ये ११३ जनाको उपस्थित रहेको र अनुपस्थित ४४ जनामध्ये १३ जना जिल्ला कमिटीका सदस्यले अपर्झट बैठक, समय अभाव र भौगोलिक कठिनाइले उपस्थित हुन नसकेको सचिव राउतको भनाइ छ। उनका अनुसार जिल्ला कमिटीका केही सदस्यहरु जिल्लाबाहिर रहेको र केही सदस्यहरु भौगोलिक कठिनाइले बैठकमा अनुस्थित रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा उत्रिने बताएका छन्।
जिल्ला कमिटीको संख्या हेर्दा नेकपा प्रचण्ड माधव समूह उदयपुरमा दुई तिहाइ बहुमतमा देखिएको छ। उदयपुरमा ओली समूहको नेकपा कमजोर देखिएको प्रष्ट छ। उदयपुरमा नेकपा ओली समूहमा ३० देखि ३२ जना जाने अनुमान गरेका छौँ,’ जिल्ला सचिव राउतले भने, ‘उहाँहरुलाई पनि हामीले मुलधारकै पार्टीमा बोलाईरहेका छौँ।’
प्रतिनिधि सभा पुनःस्थापना नहुन्जेलसम्म आन्दोलनलाई शसक्त बनाउनको लागि विरोध सभा जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरेको गरेको समेत अध्यक्ष कटुवालले बताए। अध्यक्ष कटुवालका अनुसार ‘उदयपुरमा झण्डै ८० प्रतिशत नेता कार्यकर्ताको भावना प्रचण्ड माधव समूहमा देखिएको छ,’ उनले भने, ‘१५ गतेको बैठकमा एकसय १३ जना उपस्थिति हुनुभएको थियो, यो धेरै उत्साहजनक छ।’ जिल्लाका आठ वटै नगर र पालिका कमिटीका अध्यक्ष सचिव हाम्रो रहेको सचिव राउतले भने, ‘प्रचण्ड–माधव समूह हामी नै संस्थापन भएकाल केहि साथीहरु मात्र छुट्नु भो हामी सबै एकै ठाउँमा छौं।’ जनवर्गीय संगठनमा अनेरास्ववियू र राष्टिय युवा संघ प्रचण्ड–माधव समूहमा रहेको छ।
ओली समूहले आयोजना गरेको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको सभा हलमा बैठक गरेकाे छ। उक्त बैठकमा बिनोद ढकालले संवोधन गरेका छन। बैठकमा ओली समुहका केन्द्रिय सदस्यहरू बेद प्रसाद पोखरेल, पदम राई, दुर्गा कुमार थापा, मणि उपाध्याय पौडेल, अम्बिका थापा, बिमल कार्की, ज्ञानेन्द्र श्रेष्ठ, शैलेस लामा लगायतको सहभागिता रहेको ओली समुहका जिल्ला सचिव कुशल बाबु बस्नेतले जानकारी दिए।
सचिव बस्नेतले आगामी निर्वाचनको लागि तयारी थालेको बताएका छन्। ‘हामीले जिल्लामा संगठन विस्तारका अभियानलाई तीब्रता दिएका छौँ,’ उनले भने।
उदयपुरका युवा जगतमा राम्रो प्रभाव राख्ने नेता तथा पूर्व नेकपा एमालेका जिल्ला सचिव परमेश्वर घिमिरे नेकपा ओली समुहका अध्यक्ष चयन भएका छन्। घिमिरे ओली समुहका अध्यक्ष हुनुभन्दा पहिले माधव नेपाल समुहका प्रभावशालि जिल्ला नेताका रुपमा चिनिन्थे। प्रचण्ड, माधव नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएको भन्दै अबको विकल्प ताजा जनादेश भएकोले ओली समुहमा लागेको घिमिरेको भनाई छ।
उदयपुरमा नेकपाको ७ जनाको कार्यालय टिम मध्ये ४ जना प्रचण्ड–माधव समुहमा रहेका छन, भने, ३ जना ओली समुहमा रहेका छन। केहि दिनअघि ओली समूहको केन्द्रिय सदस्य पद अस्विकार गर्दै मुख्यमन्त्री शेरधन राईका विरुद्ध अविश्वासको प्रस्तावमा सहि गरेकी प्रदेशसभा सदस्य कला घले पुन: ओली समूहमै लागेकी छिन। प्रदेशसभाका तीन जना सदस्य ओली समुहमा रहेका छन। संघिय सांसद एक जना र प्रदेशसभा सदस्य एक प्रचण्ड–माधव समुहमा रहेका छन्।
भने ओलिटिमले बेलका नगरपालिकामा पार्टी फुटको औपचारिक कार्यक्रम सनिवार गर्दै रामपुर सभाहलमा कार्यक्रम गरेको हो । तत्कालीन नेकपा बेलका अध्यक्ष मनोज तामाङ र सचीवमा गणेश बस्नेत थिय भने नेकपा जिल्ला सदस्य नारद निरौलाको अध्यक्षतामा ओलिटिमको बेलका कार्यक्रम भएको हो एकता हुदाका नगरकमिटीका ८१ जना सदस्यमा १५ जना भन्दा कम ओलिटिम मा खुलेको छ्न भने सचिबालयमा २७ सदस्य कमिटीमा एक तिहाइ उपस्थित थिए, उता प्रचण्ड – माधब टिममा दुई तिहाइ भन्दा धेरै नगरकमिटी र सचिबालय रहेको उपस्थित बाट देख्न पाइन्छ ।
वार्ड कमिटीमा पनि ९ वार्ड मध्य दुई तिहाइ प्रचण्ड – माधब टिममा रहेको पाइएको छ भने अधिकान्स कार्यकर्ता अलमलमा परेर पार्टीको आधीकारिक कार्यक्रम भएको भनेर आएको बताए। पार्टिका एक नेताले ओलिगुटको कार्यक्रम थाहा पछि बहिष्कार गरेको बताए।
तत्कालीन बेलकाबाट उदयपुर जिल्लाकमिटी सदस्य भयका ११ जना मध्य ओलिगुटमा २ जना छन जसमा दुर्गा थापा र नारद निरौला प्रचण्ड -माधबमा ९ जना रहेको छ्न जसमा रमण भट्टराई ,धनपती आचर्य, राकेश किराँती,मनोज तामाङ ,मोहन प्रसाद घिमिरे ,गङ्गासरी राई, उदय अधिकारी ,सम्झना तामाङ,विशाल लिम्बु । कार्यक्रममा नेकपा ओलिगुटका सम्योजक प्रमेस्वर घिमिरे ,सचीव कुसलबाबु बस्नेत ,लगायत जिल्ला नेताहरुको बाक्लो उपस्थित रहेको हो । भर्खरै ओलिटिमका केन्द्रिय सदस्य भयका बेलका का मेयर दुर्गा कुमार थापाको आफ्नै नगरपालिका भएको कारण पनि पार्टीफुटको औपचारिक कार्यक्रम मेयर आफैको अग्रसरमा भएको हो ।
तत्कालीन एमाले र माओवादी एकता गर्दा बेलका नगरपालिकामा माओवादी ४५% एमाले ५५% लियर एकता भएको हो हाल पुर्व एमालेको ५५% बाट माधब टिममा ३०% नेता कार्यकर्ता रहेको दाबी गरिएको छ। बेलका नगरपालिकाका वार्ड अध्यक्षहरु मोहन प्रसाद घिमिरे र दिपक दङ्गाल माधब टिमका हुन भने धनपती आचर्य,उदय अधिकारी राजनीति पृष्ठभुमि बाटनै माधब टिमका रहेको हुन । जम्मा ९ वार्ड रहेको बेलकामा ७ वटा वार्डकमिटी अध्यक्ष/सचिव प्रचण्ड-माधब टिममा रहेको छ भने जनबर्गिय सङ्ठनमा विद्यार्थी ,युवासंघ समेत प्रचण्ड- माधब टिममा रहेको हो ।
ओलिटिममा नेता कार्यकर्ता नखुल्नुको पछाडी नगरपालिकामा भएको ब्याप्त भस्ट्चार नै पहिलो कारक रहेको बताए एक सचिबालय सदस्यले । केही समय अगाडि नगरपालिकाकि उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा भस्ट्चार भएको भनी विभिन्न अन्लाईन पत्रीका तथा सामाजिक संजालमा पोस्ट गरेको सर्बबिबिधै छ ।आज भएको कार्यक्रममा तत्कालीन नेकपा सचीव गणेश बस्नेतले स्वागत मन्तबय दिएका थिए भने मन्तबयमा पार्टी फुट्नु गलत रहेको र आफू अझै जुट्नु पर्ने पक्षमा रहेको बताय,कार्यक्रममा आफुले बोल्ने बितिक्कै कार्यक्रम बाट बाहिरिएका थिए। कार्यक्रमा न्यून संख्यामा कार्यकर्ता उपस्थित थिए ।
उता २१ गते प्रचण्ड-माधब टिमले बेलका नगरपालिकामा बृहत कार्यकर्ता भेला गर्दैछ जसमा नेकपा पार्टीका केन्द्रिय सदस्य हिमाल किराँती,जग्गनाथ खतिवडा,बलदेव चौधरी,प्रदेश सदस्य बासु किराँती,मोहन खत्री,जिल्ला अध्यक्ष दिवस कट्बाल ,सचिव इस्वरमणी राउत लगायत अन्य पार्टीका नेता आउने कार्यक्रम रहेको नेकपा अध्यक्ष मनोज तामाङले बताय ।


