NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

कोशी माबि मा बन्ने भयो ४ कोठे पक्की भवन, गुणस्तरीय र प्रबिधि मैत्री शिक्षामा जोड दिन्छौ–अध्यक्ष बस्नेत

1 Mins read

सुमन सागर/ बेलका
बेलका नगरपालिका वडा नं ३ मा रहेको कोशी जनता माध्यमिक बिधालयले बेलका नगरपालिकाको सहयोगमा बन्ने दुई तले ४ कोठे भवनको औपचारिक कार्यक्रमका बिच सोमबार सिलन्यास गरेको छ।
शसर्त अनुदान तर्फको ३६ लाख र बिधालयको ७ लाख गरि ४२ लाखम चार कोठे पक्की भवनको सिलन्यास गरिएको हो।
भौगोलिक हिसाबले टाढा र अति बिपन्न परिवारका ४५ जना छात्राहरुलाई बिधालय आउन जान सहज होस भन्ने उदेश्यले साइकल र UNFPA को सहयोगमा झोला बितरण साथै कक्षा ११ मा भर्ना भएकालाई स्वागत र १२ कक्षाको परीक्षा दिइएका बिद्यार्थी लाई बिदाई कार्यक्रम समेत बिधालयले सम्पन्न गरेको छ।

बिधालयलाई आजको स्थान सम्म ल्याउन योगदान गर्नुहुने बिधालय ब्याबस्थापन समितिका पुर्व अध्यक्षहरु र लामो समय सम्म शिक्षण गरेका शिक्षकलाई सम्मान समेत गरिएको छ।
सम्मान हुनु हुने पुर्व अध्यक्षहरु पुष्प सुवेदी, बुद्द भुजेल , सुशील सेढाई, भिम प्रसाद सेढाई र चक्र बहादुर कट्वाललाई रहेका छन।
सम्मान हुने शिक्षकहरुमा गिरिलाल परियार ,राम सेवक यादब, वृद्धि लाल चौधरी ,ज्ञानेन्द्र खड्का रहेका छन।
बिधालयलाई माया गरेर भौतिक सामाग्री कुर्सी र पानी ट्याङ्की ( हिलटेक ) प्रदान गर्नु हुने समाजसेवी तिर्थ गहतराजलाई समेत सम्मान गरिएको छ।
औपचारिक कार्यक्रमका सभा अध्यक्ष साथै बिधालय ब्याबस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले बिधालयमा बिद्यार्थीको ब्याब्स्थापन गर्न असहज परिस्तिथी भएकाले बेलका नगरपालिकाको सहयोगमा भवन बनाउन लागि परेको बताए। बस्नेतले ” भैतिक संरचना साथै बिधालयको शैक्षिक गुणस्तर विकास गर्न बिधालयलाई ४ तहमा कार्य बिभाजन गरि शिक्षक प्रतिनिधि खटाइएको छ, हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रबिधी मैत्री शिक्षाको बिकास गर्न लागि परेका छौ , चमेना गृह ,साइकल स्टेसन, पुस्तकालय, शैक्षिक सामाग्री उपलब्ध गराउन सरोकारवाला संग छलफल, सहकार्य अगाडि बढाएको बताएका छन।
पुर्व बिद्यार्थी समाज स्थापना गरि बिधालयलाई भौतिक र शौक्षिक प्रगतिमा लैजान सहकार्य गर्ने बताए । बस्नेतले बिज्ञान प्रयोगशाला , गरिब असहायको लागि अक्षयकोष स्थापनागरि नगरपालिकाकै नमुना बिधालयको लागि संगो बिधालय टिम लागि पर्ने बताएका छन।

औपचारिक कार्यक्रमका प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले आजको बर्तमान युगमा समाज, देशको बिकास र सम्मुनत बनाउन आजै बाट शिक्षामा लगानी गर्नु पर्ने बताएका छन। बिद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक , शिक्षक र बिधार्थि स्वयम् को भुमिका महत्त्वपूर्ण हुने भएकाले शैक्षिक गतिविधिमा सबै तहका ब्याक्ती समाज लागि पर्नु पर्ने नगर प्रमुख थापाले बताएका छन। शैक्षिक गतिविधिमा बेलका नगरपालिकाले उल्लेखनीय काम गरेको छ, भैतिक संरचना निर्माण देखि विभिन्न माध्यम बाट सिकाइका अभ्यास , तालिम लगायतका कार्यक्रम नगरपालिकाले गरेको र थप शैक्षिक गुणस्तर वृद्धि गर्न लागि पर्ने मेयर थापाले बताए।

नगर उपप्रमुख राजकुमारी चौधरीले बिधालयमा नैतिक शिक्षाको आवस्यकता रहेको बताएकी छिन। बिधालयलाई ब्यबस्थित बनाउन बिद्यार्थीको सहजताको लागि झोला,छात्राहरुको लागि स्यानेटरी प्याड,अति बिपन्नलाई पोसाक ,खाजा लगायतका कार्यक्रम सन्चालन भै रहेको उप प्रमुख चौधरीले बताइन।
कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष मोहन प्रसाद घिमिरे, शिक्षा शाखा प्रमुख सुनिल निरौला , जनता नमुना मा बि का ब्याबस्थापन समितिका अध्यक्ष मनोज तामाङ लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको संचालन शिक्षक दमन कट्वालले गरेका थिए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *