आवरबेलका/
उदयपुर तरुण दल उपसभापती निर्माण ब्याब्सायी पर्वत दाहालले आफ्नो जन्म दिनको अबसरम विभिन्न स्थानमा आर्थिक सहयोग गरेका छन।
बेलका नगरपालिका वडा नं ३ किराँत चौक स्तिथ बेलका जनता क्याम्पसमा बिद्यार्थीको अगुवाइमा बन्दै गरेको सरस्वती मन्दिरलाई रु ५ हजार ५ सय रुपैयाँ मन्दिर निर्माण समितिका संयोजक सुमन सागर खतिवडा लाई हस्तान्तरण गरेका छन।
त्रियुगा नगरपालिका वडा नं ७ मा युथ बैंक नामक सिमा प्रारम्भ होडिङ्ग बोर्ड जन्म दिनको अबसरमा स्थापना गरेका छन।
युवा बर्गका प्रेरित दाहालले हडिया स्पोर्ट्स क्लबका सदस्यलाई १ सेट जर्सी र २ वटा फुटवल हस्तान्तरण गरेको दाहालले जनकारी दिए।
बर्सेनि जन्म दिनको अबसरमा सहयोग गर्दै आएका दाहालले यश अघि निम्न आए स्तर भएका दीर्घरोगिलाई आर्थिक सहयोग गरेका थिए।
सामाजिक काम गर्न पाउँदा खुशी लाग्ने बताउदै दाहालले आगामी दिनमा समेत सहयोग गर्दै जाने बताएका छन।


