NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न

1 Mins read

आवर बेलका/ भक्तपुर, युवाका साथ साथ अावाज नेपालकाे तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ । भक्तपुर जिल्लामा वि.सं २०७४ सालमा बालक्लबका पुर्वसदस्यहरुले स्थापना गरेकाे युवा संस्था अाफ्नाे स्थापना काल देखि महिला बालबालिका र युवाकाे क्षेत्रमा वकालत र पैरवी गर्दै युवा नेतृत्व विकास र परिचालनमा जाेड दिदैँ अाईरहेकाे छ । कार्यक्रम संस्थाका अध्यक्ष राजेश घिमिरेकाे सभाध्यक्ष, प्रमुख अतिथि संस्थाका संरक्षक वाग्मती प्रदेश सभा सदस्य शंशीजङ्ग थापा, विशेष अतिथि गरिबी निवारण काेषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, जि.स.स भक्तपुरका उपप्रमुख सरिता कुँवर, सुर्यविनायक नगरपालिका वडा नं.७ का वडा अध्यक्ष रविन्द्र सापकाेटा र अतिथिहरु नेपाल पत्रकार महांसघ भक्तपुरका सभापति पुष्करराज बुढाथोकी, सुर्यविनायक न.पा र चाँगुनारायण न.पा. कार्यपालिका सदस्य दिपक विसुन्के र कृष्णा कार्की, कन्साेर्टियम नेपालका अध्यक्ष किरण थापा, N-प्याप्सन भक्तपुरका अध्यक्ष संजय खड्का, संस्थाका संस्थापक द्वय विनाेद खत्री र दिपेश बिसुङ्के लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा उपस्थिति सहभागीहरुलाई संस्थाकाे उपाध्यक्ष देवेन्द्र अाचार्यले स्वागत मन्तबय गरे भने कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सदस्य श्री अास्मा बस्नेतले प्रस्तुत गरेका हुन साथै अार्थिक प्रतिवेदन संस्थाका काेषाध्यक्ष अमर शिवाकोटीले प्रस्तुत गरेका हुन भने कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि शशी जङ्ग थापाले युवा नेतृत्व विकास र परिचालन, युवा उद्यमशिलता प्रबर्द्धन र स्वराेजगारमा युवाहरुलाई जाेडै समाज विकासकाे निम्ति अझै सशक्त ढंगले अगाडि बढ्दै जानू पर्ने र प्रदेश सरकार बाट हुन सक्ने साथ सहयोग र युवा विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखि युवाहरुलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गरे, साथै मन्तव्य कै क्रममा कार्यक्रमका विशेष अतिथि गरिबी निवारण काेषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले युवा जागे मात्र देश र समाजमा रुपान्तरण सम्भावना हुने र अब राजनीति रुपमा मात्र युवाहरुलाई प्रयाेगकाे गर्न नहुने समाजकाे याेग्य र दक्ष जनशक्ति बनाउन सामाजिक विकासका गतिविधिहरुमा सक्रिय सहभागीता गराउँदै अगाडि बढाउनु र युवा नेतृत्व विकासकाे निम्ति अाफ्नाे तर्फबाट सकेकाे याेगदान र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै कार्यक्रममा उपस्थिति अतिथिहरुले मन्तव्य दिने क्रममा संस्थाले गरेका कामहरुकाे प्रशंसा गर्दै भावी दिनहरुमा अझै महिला, बालबालिका र युवाहरुकाे क्षेत्रमा उल्लेखनिय कामहरु गर्दै अगाडि बढ्दै युवाहरुकाे नेतृत्व विकासमा जाेड दिदै अगाडि बढ्न सकाेस् भन्दै शुभकामना व्यक्त गरेका थिए । जानकारी कार्यक्रम सञ्चालन एंव संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिनु भयाे, साथै वार्षिक साधारणसभा एंव कार्यक्रमकाे उद्घाटन सत्र सम्पन्न प्रश्चात दाेस्राे अधिवेशन एंव बन्द सत्र शुरु भएकाे थियाे, अधिवेशन बाट ७ सदस्यीय कार्यसमिति दुई बर्षकाे कार्यकालकाे लागि सर्वसहमत अध्यक्ष देवेन्द्र अाचार्य,उपाध्यक्ष अमर शिवाकोटी, सचिव श्रीकृष्ण थापा, काेषाध्यक्ष अास्मा बस्नेत र कार्यसमिति सदस्यहरु साेना तचामाे,रविन थापा र अास्था बस्नेत निरबिराेध निवार्चित हुनु भएकाे निर्वाचन समितिका अधिकृत दिपेश बिसुङ्केले जानकारी दिय ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *