NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

जनता माबि कान्चिराङ्गमा बन्ने भयो ४ कोठे पक्की भवन गुणस्तरीय र प्रबिधि मैत्री शिक्षामा जोड दिन्छौ = मेयर थापा

1 Mins read

सुमन सागर/ बेलका
बेलका नगरपालिकाको बिकट क्षेत्र वडा नं ७ मा रहेको जनता माध्यमिक बिधालय कान्चिराङ्गले बेलका नगरपालिकाको सहयोगमा बन्ने दुई तले ४ कोठे आर सि सि भवनको औपचारिक कार्यक्रमका बिच नगर प्रमुख दुर्गा कुमार थापा र उप प्रमुख राज कुमारी चौधरिले संयुक्त रुपमा मंगलबार सिलन्यास गरेका छन।
शसर्त अनुदान तर्फको ३६ लाख र बिधालयको ७ लाख गरि ४३ लाखम चार कोठे पक्की भवनको सिलन्यास गरिएको हो।

भौगोलिक हिसाबले विकट रहेको कान्चिराङ्ग मा बि को भवन सिलन्यास साथै बिद्यार्थी लाई चिसो बाट बचाउन अति बिपन्न बिद्यार्थीलाई न्यानो कपडा अन्तर्गत सुइटर र टोपी बितरण साथै कक्षा ११ मा अध्यन गर्न आउने लाई स्वागत र कक्षा १२ का बिद्यार्थी लाई बिदाई समेत गरेको छ।

औपचारिक कार्यक्रमका सभा अध्यक्ष साथै बिधालय ब्याबस्थापन समितिका अध्यक्ष पारुहाङ्ग राईले बिधालयमा बिद्यार्थीको ब्याब्स्थापन गर्न असहज परिस्तिथी भएकाले बेलका नगरपालिकाको सहयोगमा भवन बनाउन लागि परेको बताए। राईले ” बिधालयको भौतिक संरचना अति नै जिर्ण रहेकोले पठन पाठन गराउन असहज परिस्थिति भएकाले नगरपालिका सङ्ग भबन माग गरेको बताए। हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रबिधी मैत्री शिक्षाको बिकास गर्न लागि परेका छौ , पुस्तकालय, शैक्षिक सामाग्री उपलब्ध गराउन सरोकारवाला संग छलफल, सहकार्य अगाडि बढाएको बताएका छन।
राईले बिज्ञान प्रयोगशाला , गरिब असहायको लागि अक्षयकोष स्थापनागरि नगरपालिकाकै नमुना बिधालयको लागि सिंगो बिधालय टिम लागि पर्ने बताएका छन।

औपचारिक कार्यक्रमका प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले आजको बर्तमान युगमा समाज, देशको बिकास र सम्मुनत बनाउन आजै बाट शिक्षामा लगानी गर्नु पर्ने बताएका छन। बिद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक , शिक्षक र बिधार्थि स्वयम् को भुमिका महत्त्वपूर्ण हुने भएकाले शैक्षिक गतिविधिमा सबै तहका ब्याक्ती समाज लागि पर्नु पर्ने नगर प्रमुख थापाले बताएका छन। शैक्षिक गतिविधिमा बेलका नगरपालिकाले उल्लेखनीय काम गरेको छ, भैतिक संरचना निर्माण देखि विभिन्न माध्यम बाट सिकाइका अभ्यास , तालिम लगायतका कार्यक्रम नगरपालिकाले गरेको र थप शैक्षिक गुणस्तर वृद्धि गर्न लागि पर्ने मेयर थापाले बताए।

नगर उप प्रमुख राज कुमारी चौधरीले बिधालयमा नैतिक शिक्षाको आवस्यकता रहेको बताएकी छिन। बिधालयलाई ब्यबस्थित बनाउन बिद्यार्थीको सहताको लागि झोला , छात्राहरुको लागि स्यानेटरी प्याड,अति बिपन्नलाई पोसाक , खाजा लगायतका कार्यक्रम सन्चालन भै रहेको उप प्रमुख चौधरीले बताइन। अशिक्षाका कारण हुने बाल बिबाह, बहु बिवाहा , लागू औषध दुर्वेशनी लगायतका बिकृतीहरु न्यूनीकरण गर्न बिधालय स्तर बाटै विशेष कक्षा सन्चालन गर्नु पर्नेमा जोड दिईन।

हामिले गरेको प्रतिबद्धता र तंपाईले देखेको सपना पूरा गर्न अहिलेको सरकार लागि परेको जनता नमुना माध्यामिक बिधालय ब्याबस्थापन समितिका अध्यक्ष मनोज तामाङ्ग ले बताए।
खानेपानी , स्वास्थ्य ,सडक ,शिक्षाको क्षेत्रमा बर्तमान सरकारले उल्लेखनीय काम भएको अध्यक्ष तामाङले बताएका छन।

शिक्षालाई प्रबिधि मैत्री बनाउन बेलका नगर सरकारले खेलेको भुमिका महत्त्वपूर्ण रहेको कोशी जनता माबि ब्याबस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले बताए। घरको भात खाएर उच्च शिक्षा अध्यन गर्न पाउने मैनामैनिको बिद्यार्थीको सपना पूरा भएको र ४ कोठे भवन निर्माण पश्चात् पठन पाठनमा थप सहज हुने बताए।

कार्यक्रममा स्थानिय बुद्दिजिबी, समाजसेवी लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको संचालन स्थानिय नुनिराम राईले गरेका थिए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *