NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चौध स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी बेलकामा

1 Mins read

सुमन सागर/ बेलका
उदयपुर जिल्लाको पुर्वी नगरपालिका बेलका नगरपालिकामा शुक्रबार १४ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी बेलका नगरपालिका भ्रमण गरेका छन।

सिकाई अनुभव आदन प्रदान तथा बेलका नगरपालिकामा निर्माण भएका भौतिक संरचना, कृषि , पशु, शिक्षा, स्वास्थ्य , भुमी ब्याबस्थापन, पर्यटन , लगायतका क्षेत्रहरु उपस्तिथि १४ स्थानिय तहका जनप्रतिनिधि र कर्मचारी लाई भ्रमण गराइएको छ।

धर्मदेव , चैनपुर नपा, बसन्तपुर नपा, पाखृबास नपा, दुहबी नपा, अरुण गापा , पथरी सनिश्चरे नपा, बेलबारी नपा, पांचखाल गापा, भोजपुर नपा, लेटाङ्ग नपा, जितपुर नपा, बिराटनगर महानगरपालिका , लगायतका स्थानीय तह बाट जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो।

बेलका नगरपालिका वडा नं ३ मा रहेको टप्पु फर्म हाउस, बेलका ४ स्थिति जनता नमुना माध्यामिक बिधालय , बेलका ४ स्थिति बेलका नमुना कृषि फर्म, खसी बाख्रा संकलन केन्द्र, माछा पालन केन्द्र , बेलका नगरपालिकाको सबै शाखाको अबलोकन गरेका थिए।

इटहरीमा आयोजना भएको पि सि जि एस पि तथा क्षमता अभिवृद्धि तालिममा सहभागी भएका जन प्रतिनिधि तथा कर्मचारी बेलकाको नमुना बिकास कार्यक्रमको स्थलगत अध्यन अबलोकन गर्न आएको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए।
हालसम्म १ सय भन्दा बढी स्थानीय तहका जनप्रतिनिधिले बेलकाको नमुना बिकास क्रम, भुमी ब्यबस्थापन सम्बन्धीको कार्यक्रम लगायतका क्षेत्रमा बेलकाले गरेको कामको अबलोकन गरेको मेयर थापाले बताए।

भोजपुर अरुण गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले बेलकाले सबै क्षेत्रमा बिकासको क्रम अगाडि बढाएको बताइन। कार्यालय ब्याब्स्थापन देखि कृषि र पशुलाई प्राथमिकताका आधारमा राखेर काम गरेको र आधुनिक तरिका बाट ब्यबसाय, पशु पालन ,तरकारी खेती, माछा पालन गरेको उपाध्यक्ष ढाकलले बताइन।

अन्य स्थानीय भन्दा बेलका नगरपालिका बिकास क्रममा अगाडि रहेको पाँचखाल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष छत्र बहादुर न्यौपानेले बताए। आधुनिक तरिकाले माछा पालन गरेको नौलो प्रयास भएको वडा अध्यक्ष न्यौपानेले बताए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *