NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

ट्रकको ठक्करबाट बेलका का दुई जनाको मृत्यु

1 Mins read

आवरबेलका/ टिफरको ठक्करबाट दुई जनाको निधन भएको छ । बुधबार साँझ ६ बजेको समयमा उदयपुरकाे बेलका नगरपालिका वडा नं. ५ घुम्ने स्थित ना ७ ख ६८९५ नं. को टिफरले ठक्कर दिँदा स्थानीय ४० वर्षीय खड्गबहादुर विकको निधन भएको हो ।

विकको उपचारको क्रममा विहिबार विहान ९ बजे विराटनगरको नर्सिङ होममा निधन भएकोे प्रहरीले जनाएको छ ।

टिफर चालक नुवाकोटका हाल त्रियुगा नगरपालिका वडा नं. ११ भातीखर्कका अन्दाजी ३७ वर्षीय सूर्य लामा र टिफरलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको इप्रका रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
साईकलमा सवार विक र टिफर दुवै पूर्वतर्फ    जाँदै गरेको अवस्थामा एक्कासि टिफरले ठक्कर दिएर उछिटिएको विकलाई पुनः टिफर विपरित दिशामा गएर जबरजस्ति किचेको घटनाको प्रत्यक्षदर्शी वीरबहादुर कटवालले जानकारी दिए ।
त्यसैगरि सुनसरीमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । बुधबार पकली चाेकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेकाे काे १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा माेटरसाइकल चालक उदयपुर बेलका नगरपालिका- ९ का ५४ वर्षीय राजेन्द्र साहकाे मृत्यु भएकाे हाे ।

ट्रकको ठक्करबाट गम्भीर घाइते साहको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

साहले बेलका नगरपालिकाकाे रामपुर बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *