उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको बिरोधमा बिहीबार उदयपुरको सदरमुकाम गाइघाटमा मसाल जुलुस निकालिएको छ ।
नेकपा दाहाल नेपाल समूह निकट युवा संघ र अनेरास्ववियुले सांझ मसाल जुलुस निकालेको हो । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै देशव्यापी रुपमा बिहिबार देशैभरी बिभिन्न तबाब मुलक कार्यक्रम भएको थियो ।
यसैबिच बिभिन्न क्षेत्रबाट भएको सरकारको चर्को आलोचना पछि झाँक्रिलाई प्रहरीले रिहाई गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित शब्द बोलेको अभियोगमा प्रहरीले बिहीबार विहान झाँक्रीलाई आफ्नै निबास शंखमूलबाट पक्राउ गरेको थियो ।
गाइघाटमा भएको बिरोध कार्यक्रमलाइ युवा संघ उदपुरका सदस्य ज्ञानेन्द्र मगर अनेराख्ववियु उदयपुरका संयोजक बिमल कार्की र नेकपा उदयपुरका जिल्ला कमिटी सदस्य हेम खड्काले सम्बोधन गरेको हुन।
सम्बोधनको क्रममा जिल्ला कमिटी सदस्य खड्काले नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र देखाएको बताय ।
मसाल जुलुस निकाली पिपलचौक आइपुग्ने क्रममा प्रहरी संग केहीबेर मसाल खोसा खोस समेत भएको थियो । सिटीहल पिपल चौकबाट सुरु भएको र्याली बजार परिक्रमा गरी मसाल जुलुस सहित पिपलचौकमै आइ समापन गरीएको थियो ।


