सुमन सागर/ बेलका
” उत्पादनमा हाम्रो साथ, बस्दिनम खाली हात”
” सुरक्षीत भविष्यको आधार सीप बाट स्वरोजगार” भन्ने मुल नाराका साथ बेलका नगरपालिका वडा नं ६ पुवारेथुम्कामा आन्तरिक पर्यटन प्रवधन गर्ने उदेश्यले संभावित उधमिहरुको लागि होम स्टे सन्चालन तथा ब्याबस्थापन तालिम बिहिवार नगर प्रमुख दुर्गा कुमार थापाले उद्घाटन गरेका छन।
बेलका नगरपालिका उधोग तथा ब्याबसाय प्रवधन उप शाखा रामपुरको आयोजनामा गरिबी निवारणको लागि लघु उधम कार्यक्रम मेड्पा अन्तर्गत होम स्टे तालिम सन्चालन भएको हो।
३ दिन सम्म सन्चालन हुने तालिममा ७ जनालाई तालिम प्रदान गरिने र २ दिन अनुभव आदनप्रदान र अबलोकन गराइने उधम बिकास सहजकर्ता भरत कुमार दाहालले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथी बेलका नगर प्रमुख दुर्गा कुमार थापाले भौगोलिक क्षेत्र अनुसार सामाजिक परिचालक अन्तर्गत आफुले रोजेको तालिम नगरपालिकाले प्रदान गर्न सके उधमी हुन सहज हुने भएकाले बेलका नगरपालिकाले रोजेको तालिम प्रदान गर्ने गरेको बताए।
होम स्टेको माध्यम बाट आन्तरिक पर्यटनलाई बढवा दिने उदेश्यको साथ पर्यटकीय क्षेत्रको बिकास गरि राखेका छौं , बेलका नगरपालिका वडा नं ६ मा पर्ने टंकेला गुफा , रानी झरना , अग्लो ठाउँ , चिसो हावापानी भएकाले पर्यटक भित्र्याउन सहज हुने बताउदै जब सम्म मान्छेको मन सफा हुदैन तब सम्म पर्यटक भित्राउन नसक्ने भएकाले आफू स्वच्छ मनको हुनु पर्ने मेयर थापाले बताए।
होम स्टे सन्चालन पश्चात् स्थानीय खानपिनका परिकार
लाई प्राथामिकताका आधारमा राखेर आफ्नो स्थानीय ठाउँको परिकारलाई प्रबधन गर्न समेत मेयर थापाले सहभागी लाई आग्रह गरेका छन।
प्राकृति रुपमा समेत सुन्दर क्षेत्र रहेकाले बेलका ६ लाई पर्यटन प्रवधनको रुपमा बिकास गर्न बेलका नगरपालिका लागि परेको बेलका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष वसन्त मगरले बताए। बेलका ६ पुवारेथुम्का रामपुर बाट भोजपुर जाने बाटो को बिच भागमा परेकाले होम स्टे सन्चालन गर्न सहज हुने वडा अध्यक्ष मगरले दाबी गरेका छन।
कार्यक्रममा वडा सदस्य नारायण राई लगायत स्थानीय ब्याक्तिको उपस्थिति रहेको थियो। तालिमको सहजकर्ता नन्दलाल माझिले गर्ने छन।


