पुल भत्किदा सर्बसाधरणलाइ समस्या
उदयपुरको बेलका नगरपालिका र भोजपुरको आम्चोक गाउँपालिका जोड्ने घारेघाट/ जोगेपाथरको पुल गत बर्षको दुधकोसि नदिमा आएको बाढिले गर्दा भत्किएको छ ।
उदयपुर बाट भोजपुरको पश्चिम् /दक्षिण जाने छोटो बाटो र सजिलो बाटोको रूपमा परिचित हो यो ठाउँ !
भोजपुर सदरमुकाम लगायत भोजपुरको दक्षिणि ठाउँ र जान सजिलो र नजिक रहेको ठाउँमा रहेको यश पुलमा दिनहु सयौको संख्यामा मानिस आवत जावत गर्ने गरेको छ्न । धरान ,बिराटनगर ,काठमाडौं बाट भोजपुर जाने नजिकको छोटो बाटो भयर जाने पुलमा रामपुर बाट दैनिक ३/४ वटा सुमो गाडी चलिरहेको छ भने पारी भोजपुर आम्चोक बाट पनि त्यतिनै सुमो चलिरहेको छ !
माझी बस्ती रहेको घारेघाट बेलका -६ मा आधारभुत सम्मको अध्यन हुने गरेको छ माबी सम्मको अध्यन गर्ने उदयपुरको बेलका -६ पुवाथुम्का जान ३ घन्टा लाग्छ भने भोजपुर आम्चोकको रुप्सेमा २ घन्टामा पुगिन्छ त्यसकारण पनि उदयपुरका विद्यार्थी भोजपुर पढ्ने गरेको छ्न !
विद्यार्थी लगायत मजदुर स्थानीय जनता अत्यधिक मात्रमा प्रयोग हुने पुल भत्किएको हो !
केही समय अगाडि एक चौपाया भैंसी पुल बाट झरेर मरेको बताए स्थानीय खड्ग पहरिले । दुबै तिरका स्थानीय सरकारलाई लगायत संबंधित क्षेत्रलाई एथासिग्र पुलको मर्मत गर्न अनुरोध गरेको छ्न !
बिकास बाट अलिक बन्चित भएको घारे,बगुवामा यसपटक मोटरबाटो पुगेको हो ! मोटरबाटो पुगेपछी स्थानीय उत्पादित अन्नबाली बेचबिखन गर्नपनि बेलका नगरपालिकामा लाग्ने साप्ताहिक हाटबजारमा लियाउने गरेको बताय स्थानीय बम ब माझिले ।
पटक -पटक चुनाव जितेर पठाइयो तर तर बिकास नभएको बताय स्थानीय देब माझिले ।
बगुवा,घारे ,दुधे, बाक्सिखोप को दुख्को रूपमा रहेको लाफा खोलामा पुल नहुदा असार ,श्रावण ,भदौ सम्म गाउँ नै छुटिएर बस्नु परेको छ ! औसधि उपचार ,डेलिभरी हुदा कहि जान नपाउने बताय स्थानिय नबिन तामाङले !


