बेलका नगरपालिकाले सेवाग्राही लाई सहज बनाउन तथा बाताबरण प्रदुषण रोकथाम गर्ने उदेश्यले बिधुतिय बस सन्चालन गर्ने भएको छ।
स्थानीयको प्रत्येक्ष स्वामित्व हुने गरि कम्पनी मोडल बाट ५१ प्रतिशत नगरपालिका र ४९ प्रतिशत स्थानीय सर्वसाधारणले शेयर लगानी गर्ने गरि बिधुतिय बस सन्चालन गर्न स्थानीय सरोकारवाला ब्यक्ती सङ्ग छलफल तथा सहकार्य अगाडि बढाएको छ।
एक कार्यक्रम गरि गरिएको छलफलमा बिधुतिय बस सन्चालन गर्न आवस्यक पर्ने रकम र खरिद प्रक्रियाको बारेमा छलफल गरिएको थियो।
बेलका नागरिक यातायात लिमिटेड कम्पनीको नाम राख्ने उदेश्य सहित सात सदस्य संचालक समिती निर्माण गरिएको छ, जसमा दुर्गा कुमार थापा संयोजक सहित लक्ष्मि चौधरी ,टीका अधिकारी , सुशील बिक्रम थापा, भरत दर्लामी, मोहन घिमिरे , पुन्यवती रेग्मी, रहेका छन।
बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले घोषणपत्र बमोजिम नगर बस सन्चालन गर्नु पर्ने भएकाले बर्तमान समयमा सार्वजनिक यातायात बढावा दिने र केही हदसम्म भए पनि वायु प्रदूषण घटाउने उद्देश्यका साथ नगरपालिकाले विद्युतीय बस सञ्चालनमा ल्याउने निर्णयमा पुगेको बताए । बातावरण प्रदुषणमा सहजता हुने साथै अबको युग बिधुतिय युग हुने भएकाले बेलका नगरपालिकाले सातौं नगरसभा बाट निर्देशिका समेत पास गरिएकोले स्थानीयको प्रत्येक्ष स्वामित्व हुने गरि कम्पनी मोडल बाट बिधुतिय बस सन्चालन गर्ने मेयर थापाले बताए।
कम्पनी मोडल बाट जाने हो अबको सात महिना भित्र हामी बेलकाको सडकमा बिधुतिय बस सन्चालन गर्ने छौ,
“नगरले मात्रै त्यो चलाउने होइन, निजी क्षेत्रसँग मिलेर सार्वजनिक-निजी साझेदारीमा जाने हाम्रो उद्देश्य हो। समय त केही लाग्छ नै। त्यसको प्रक्रिया चाहिँ आरम्भ भएको भनौँ न।”
विज्ञहरूले जलवायु परिवर्तनका असरहरू बिस्तारै देखिन थालेका बेला र वायु प्रदूषण पनि बढ्दै गएका बेला विद्युतीय पारवहनलाई प्रोत्साहित गर्ने सरकारी नीति स्वागतयोग्य रहेको मेयर थापाले बताएका छन्।
तर विद्युतीय बसहरू सञ्चालनमा ल्याउनुअघि नगरले व्यवस्थापकीयसहित पूर्वाधारका विषयमा पर्याप्त तयारीहरू गर्नुपर्ने उपस्तिथिको सुझाव रहेको छ।


