NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

नारी दिवसमा छात्रालाई साइकल बितरण

1 Mins read

सुमन सागर/ बेलका
“महिला सुरक्षा, सम्मान र रोजगार, सम्रुद्द नेपालको आधार” भन्ने मुल नाराका साथ १११ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवस बेलका नगरपालिकामा सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ।

बेलका नगरपालिकाको आयोजना र कल्याणकारी स्वेयमसेवक संघको सहयोगमा बेलकामा वृहत र्याली निकालिएको थियो । बेलका नगरपालिका देखि रामपुर बजार सम्म सोमबार विहान अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर र्याली निकालेको हो ।

बेलका नगरपालिका देखि निकालेको र्यालीले नगरको रामपुर बजार परिक्रमा गरेपछि नगरपालिका आएर कोण सभा गरेको थियो। साथै वडा नं ४ को आयोजनामा र्याली साथै विभिन्न कार्यक्रम गरिएको थियो।

र्याली मा महिला हिंसा अन्त्य होस्, महिलामाथि हुने विभेद र सम्पूर्ण हिंसा गरलगायतको प्लेकाटसहित र्याली मा सहभागि भएका थियो।
त्यस्तै
बेलका नगरपालिका वडा नं २ मा रहेको शप्तकौशिका माध्यामिक बिधालयमा अध्यन गर्ने ३५ जना छात्रा लाई नगरपालिकाले बिधालय आउन सहज बातावरण सिर्जना गर्ने उदेश्यले साइकल तथा unfpa को सहयोगमा झोला बितरण गरेको छ।

भासी, चिलिया टप्पु , ए बि सि टप्पु, जगना, शान्तिनगरका छात्रालाई बिधालय आउन सहज बाताबरण बनाउने उदेश्यले साइकल बितरण गरिएको बेलका नगर प्रमुख दुर्गा कुमार थापाले बताए।
दिवस मनाउदा नारा र भाषणले भन्दा काम गरेर मनाउदा सेवा पाउने खुशी हुने भएकाले काम गरेर हरेक दिवस मनाउने गरेको नगर प्रमुख थापाले बताए।
शैक्षिक क्षेत्रमा बेलका नगरपालिकाले उल्लेखनीय काम गरेको बताउदै मेयर थापाले महिला अधिकारको क्षेत्रमा आफुले विगत देखि नै काम गरेको र बेलका नगरपालिकाले हिंसामा परेका महिलालाई सुरक्षा आवासमा राखेर परामर्श गरि सिपमुलक तालिम प्रदान गरि दक्ष बनाउने काम गर्दै आएको बताएका छन। बेलका नगरपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा संबोधन गर्दै नगर प्रमुख थापाले बेलका नगरपालिकाले काम गरेको हरेक क्षेत्रमा उदाहरणीय काम भएको बताए।

बेलका नगर उप प्रमुख राज कुमारी चौधरिले साइकल प्रदान गरे पश्चात् छात्रालाई बिधालय आउन सहज हुने बताउदै पठनपाठन अबरुद्ध नहुनेमा आफू ढुक्क रहेको बताइन् । महिला हिंसाबाट बच्न आत्मारक्षा सम्बन्धि बिधालय स्तर बाटै कार्यक्रम सन्चालन गर्नु पर्ने बताउदै उप प्रमुख चौधरिले अति बिपन्न परिवारकालाई पोसाक कपि, कलम समेत दिने ब्याबस्था भएकाले कोहि पनि शिक्षा बाट बन्चित नहुने बताइन।

टाढा बाट आउने बिद्यार्थी लाई साइकल बितरण गरेर उदाहरणीय काम भएको वडा नं २ का वडा अध्यक्ष मिश्रिलाल चौधरीले बताए। शैक्षिक गतिविधिमा बेलका नगरपालिका निकै अगाडी बढेको बताउदै वडा नं २ मा पर्ने सम्पुर्ण बिधालयको शैक्षिक गुणस्तरमा वृद्धि हुँदै गएको बताएका छन।
बेलका नगरपालिकाले हाल सम्म विभिन्न बिधालय गरेर १ सय ७० थान साइकल बितरण गरेको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *