NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

३० हेक्टरमा बन्ने माछा पोखरिको सिलन्यास

1 Mins read

सुमन सागर
बेलका नगरपालिका वडा नं २ रामनगरमा माछा ब्लक बिकास कार्यक्रम अन्तर्गत ३० हेक्टर जग्गामा पोखरी खन्ने काम शुरु गरिएको छ।
सोमबार औपचारिक कार्यक्रमका बिच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उप प्रमुख राज कुमारी चौधरीले संयुक्त रुपमा माछा पोखरीको सिलन्यास गरेका छन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको ४५ लाख र बेलका माछा सहकारी संस्थाको ४५ लाख गरि जम्मा ९० लाख बराबरको ३३ वटा माछा पोखरी निर्माण गर्ने बेलका माछा सहकारी संस्थाका अध्यक्ष अशोक कार्किले बताए।
करिब ६२ दिनमा सक्ने लक्ष्य लिएर पोखरिको सिलन्यास कार्यक्रम गरेको बताउदै अध्यक्ष कार्किले बेलका लाई माछाको हबको रुपमा बिकास गर्दै रामनगरमा जग्गाको सोयल टेस्ट गर्दा माछा पालनको लागि योग्य भएकाले पोखरी निर्माण गर्न लागेको बताएका छन।

०७७ सालमा स्थापना भएको माछा सहकारिमा हालसम्म ७८ जना माछा पालक कृषक आबद्द भएका छन।

कार्यक्रमका प्रमुख अतिथी बेलका नगर प्रमुख दुर्गा कुमार थापाले नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत माछामा बेलका नगर आत्मनिर्भर बनाई माछाको हव बनाउने उदेश्यले एकै स्थानमा माछा पोखरी निर्माण गर्न लागिएको बताएका छन।
पकेट क्षेत्रको रुपमा रहेको कार्यक्रम बिस्तार भएर माछा ब्लक कार्यक्रम भएकोले बेलकाले संरक्षित रुपमा राखेको जग्गामा पोखरी निर्माण गर्न लागिएको नगर प्रमुख थापाले बताए।

नगर उप प्रमुख राज कुमारी चौधरीले पोखरी निर्माण गर्दा पारदर्शी रुपमा काम गर्न अनुरोध गरेकी छिन। बलौटे माटो भएकाले पोखरिलाई सहि रुपमा संरक्षण गर्दै कृषि पर्यटनको रुपमा बिकास गर्न समेत अनुरोध गरेकी छन।

नेपाली कांग्रेसका नगर सभापती सुशील सेढाईले बलौटे माटो भएकाले पानीको उपयुक्त लेबल हेरेर पोखरी निर्माण गर्न सुझाव दिएका छन। प्राबिधिक स्टामेट प्रभाबकारी रुपमा पालन गर्दा मात्र उपयुक्त पोखरी निर्माण हुने बताउदै सभापति सेढाईले राज्यले लगानी गरेको रकम लाई सहि रुपमा कार्यान्वयन गर्न समेत अपिल गरेका छन।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञा केन्द्रका प्रमुख डा अजय साह ,जनप्रतिनिधि तथा राजनैतिक पार्टिका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *