NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

कोरोनाविरुद्ध पत्रकारहरुको मिडिया हेल्प फण्डलाई सहयोग जारी, झण्डै ३० हजार नगद संकलन

1 Mins read

कोरोनाविरुद्ध पत्रकारहरुको मिडिया हेल्प फण्डलाई सहयोग जारी, झण्डै ३० हजार नगद संकलन
‘पत्रकारको लागि पत्रकार’ भन्ने नारासहित उदयपुरमा कार्यरत पत्रकारहरुले स्थापना गरेको मिडिया हेल्प फण्डलाई सहयोग आउनेक्रम जारी रहेको छ ।

कोरोना कहरकाबीच निरन्तर अग्रपंक्तिमा सक्रिय पत्रकारहरुलाई सानो सहयोग गर्ने उद्देश्यले पत्रकारहरुले स्थापना गरेको फण्डलाई विभिन्न संघ संस्था, व्यक्तिबाट सहयोग आउनेक्रम जारी रहेको फण्डका संयोजक तुलसीप्रसाद कोइरालाले जानकारी दिए । कोइरालका अनुसार हालसम्म हालसम्म २५ हजारभन्दा बढी सहयोग संकलन भइसकेको छ ।

कोरोना कहरका कारण व्यक्तिगत र पेशागत समस्या पर्नु परेका पत्रकार साथीहरुको सहयोगका लागि ‘पत्रकारका लागि पत्रकार’ भन्ने नाराका साथ मिडिया हेल्प फण्ड गठन गरेको उदयपुरका पत्रकार इश्वर तामाङले बताए । तामाङका अनुसार उदयपुरमा क्रियाशिल पत्रकारहरुले जनहि रु १००० दरले विउ पूँजी संकलन गरि कोषको सुरुवात गरिएको हो । ‘यस फण्डमा सम्पूर्ण पत्रकारहरुलाई जोडिन आव्हान गरेका छौ ।’ उनले भने, ‘पत्रकारलाई सहयोग गर्न स्थापित हेल्प फण्डमा सहयोग गरि अग्रपंतीमा रहेर सूचना सम्प्रेषण गर्ने संचारकर्मीहरुको मनोवल उच्च बनाउन हुन सम्पूर्ण उद्यमी, व्यवसायी, संघ संस्था र कार्यालयहरुलाई हार्दिक अनुरोध गर्दछौ ।’

यस फण्डमा पत्रकार तुलसी कोइराला संयोजक, सदस्यहरुमा इश्वर तामाङ, बिदुर कटुवाल, सुखिलाल चौधरी, सुपराज राई अभि लामिछाने, सन्तोष कार्की, अन्जनी कुमार अधिकारी, होम बस्नेत, भरत घिमिरे, अप्सरा समाल मगर, इश्वर बलम्पकी मगर लगायतको टोली छ । सहयोग गर्न चाहानु हुने दाताहरूले ईसेवाको खाता नम्वर ९८५२८३५५०० मा नगद र स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउन सक्नु हुने छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *