उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप भएको छ ।

नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुसार बेलका नगरपालिका ३ स्थित कोशी टप्पुको करिव १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएका छन् ।
कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रा.लि.सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास गरेपछि स्थानीयहरु नगरपालिका घेर्न आएका थिए ।
घेर्न आएका आन्दोलनकारीहरुले बेलका नगरपालिकामा ढुंगामुढा गर्न थालेपछि प्रहरीले १५ राउण्ड अश्रु ग्यास प्रहार गरेको स्थानीय पत्रकार ललित चाम्लिङ राईले जानकारी दिए । उनका अनुसार आन्दोलनकारी माथि २५ राउण्ड अश्रु ग्यास प्रहार गर्नुको साथै ०६ राउण्ड हवाई फायर गरेको हो !
यस्तै आन्दोलनकारी र प्रहरी विच भएको भिडन्तमा १० जना घाइेत भएका छन् । उनीहरुको स्थानीय अस्पताल र केहीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
यस्तै १४ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । विरोधमा उत्रिएका स्थानीय बेलका वडा नं ३, ८ र ९ का सयौं जनता रहेको छ
यस्तै आन्दोलनकारीको ढुंगामुढाले बेलका नगरपालिकाको अगाडीको भागको शिशा तोडफोड भएको छ भने प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी पनि तोडफोड भएको छ ।
बेलका नगरपालिकामा एमाले बाहेकको राजनीतिक दलले उक्त आन्दोलनमा एक्यवद्धता जनाएको छ्न भने बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापाले पनि उक्त ठाउमा कबुलियत बन नबनाउने बरु सरकारले गरेको निर्णय विरुद्ध अदालत जाने जनताकै पक्षमा रहेको बताएको छ्न !
३ बर्ष अगाडि टप्पु क्षेत्रको जग्गालाई सदुपयोग गर्ने भन्दै उनै निलहारी काफ्लेले स्थानीय सग मिलेर लेमन ग्रास रोपेर बिचमै छोडेर भागेको थिय ! स्थानीय मजदुरले अहिले सम्म पारिस्श्रमिक नपाएको गुनासो गर्दै आएको छ्न ।
उक्त क्षेत्र बिबादित पनि छ कहिले उदयपुरले आफ्नो भन्न्छ भने कहिले सुनसरीले आफ्नो भनेर स्थानीय जनतालाइ दुख दिइरहेको छ ! डिभिजन बन कार्यलयल उदयपुरले उक्त ठाउँमा सामुदायिक बन बनाएको छ भने उक्त बन भित्र सुनसरीले आधरभुत स्कुल बनायर पठनपाठन सुरु गरेको छ ।
पटक पटक कबुलियत बन बनाउन काफ्ले बरह हर्बल प्रालिका प्रमुख हुन जस्ले प्लाण्ट नै राखेर काम सुरु गरुसकेको थिए तर सत्ता र सक्तिको आडमा हर्कद बढी गर्न थालेपछि स्थानीय गरिब जनता आन्दोलनमा उत्रिएको हुन ! स्थानीय जनताको माग कबुलियत बन बन्नु हुदैन भ्न्ने हो भने सरकारले जसरी पनि बनाउन लागिपरेको छ ।













