उदयपुर : उदयपुरको बेलका नगरपालिका कोसिटप्पु क्षेत्रमा जंगली हात्तिको आक्रमणमा परि बुधबार राति एक को मृत्यु भएको हो ।
बेलका नगरपालिका २ स्थित रामनगरका स्थानीय ४० वर्षिय कमल यादवको घटना स्थलमै मृत्यु भएको छ ।
गाउँ बस्तीमा प्रवेश गरेका जंगली हात्ति धपाउने क्रममा हात्तिको आक्रमणबाट यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
जंगली हात्तिलाई धपाउन भागलपुर प्रहरी चौकी र स्थानीयको सहयोगमा धपाउन सफल भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिगत ४ बर्षमा ७ जना भन्दा धेरैको जंगली हात्तिले ज्यान लिसकेको छ । पटक पटक बिबादमा रहेको यश ठाउँमा कहिले सिमा बिबाद ,कहिले कबुलियत बन , कहिले तरकारी खेती ,कहिले जग्गा सर्क्षण, कहिले जङ्गलि जनावरले दुख भने दिन छोडेको छैन !


