कृष्णमान चौधरी बेलका /असार १९
तपेश्वरीमा लगातार बर्षाका कारणले डुबान भएको छ। हिजो रातीदेखि नै अविरल बर्षाका कारणले बेलका नगरपालिका वडा न १ र २ को विभिन्न स्थानमा बाढि पहिरोले जोखिम भएको छ। बेलका न.पा. वडा १ का बल्ही , पुरन्दह लगायतका गाउँमा खरेरी खोलाको बाढीले सो गाउँहरुमा बाढी आएको छ।बाढी घरमा पस्दा धान,चामल लगायतका खाद्य गाई ,बाख्रा,भैंसी,रागा,सुङ्गुर लगायतका अन्य जनाबरहरु लाई बचाउन समेत मुस्किल भएको छ।
त्यसैगरी बेलका नगरपालिका वडा न २ का करहिया बेल्हा ,गल्फडिया, पारुहाङ्ग चोक, धाराखोला लगायतका विभिन्न स्थानहरुमा बाढिको कारणले यहाँका जनजीवन प्रभावित भएको छ।सो स्थानहरुमा रङ्गिया खोला , सिताराम खोला ,धाराखोला,चौरी खोला जस्ता खोलाहरुले दु:ख दिएको स्थानीय बन्दना काफ्लेले बताइन ।


पूर्बबाट कोशी नदिको भंगालो र पश्चिमबाट त्रियुगा नदि र उतरबाट अनगिन्ती खहरे खोलाहरुले गर्दा स्थानीय बासिन्दाहरुलाइ प्रभावित पारेको छ। बेलका १ र २ मा सुरक्षित नरहेको पानी पर्दा कुनै समयमा पनि बाढी आउने
झन रातिको समयमा बाढी आउदा आफ्नो ज्यानको समेत सुरक्षा गर्न नसकिने स्थानीय बासीहरुले जानकारी दिए।


