NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिकाको बजेट सार्बजनिकिकरण पाँच राजनीतिकदल द्वारा बहिष्कार

1 Mins read

बेलका नगरपालिकाले आज गरेको बजेट सार्बजनिकिकरण कार्यक्रमलाई असहमती जनाउदै बिग्यप्ती जारी गरेका छन् । बेलका स्थित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजबादी पार्टी नेपाल, राप्रपा नेपाल, नेकपाले विज्ञप्तीमा संयुक्त हस्ताक्षरसहित असहमति जनाएका हुन् ।

स्थानीय बजेट जनता लक्षित भन्दा आत्मकेन्द्रित र कार्यकर्ता मुखी भएको टिप्पणीसहित उनीहरुले राजनीतिक दलहरुको सल्लाह, सुझाव विनै एकल ढंगले बजेट ल्याएको जनाएका छ्न । कार्यक्रमहरु बढी एनजीओमुखी बनाइ जनतालाई भ्रमित पार्ने काम गरेको, किसान, मजदुर, आदिबासी जनजाति, महिला, दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायलाई सम्बोधन नगरिएको, कोभिड १९ प्रति प्रभावकारी सम्बोधन नभएको आरोप लगाएका छन् ।

त्यसैगरी वडाहरुलाई नाममात्रको बजेट छुट्याको, स्थानीय जनतासंग सहकार्य नगरी एकल रुपमा फोहोर ब्यवस्थापन केन्द्र स्थापनाको नाममा स्थानीय नगर सरकारले बेलका ९ सिमलटार क्षेत्रका स्थानीय गाउँलेहरुलाई दुःख दिएको आरोप लगाएका छन् । जनता उठीबास लगाउने कबुलित जग्गाको सन्दर्भमा नगरपालिका एकल ढंगले प्रस्तुत भएको, जग्गाको लालपूर्जा दिने भन्दै सोझा सिधा जनतालाई ढाटेको र नगरपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र पारेको टिप्पणी गर्दै असहमती जनाएका छन् (purnpusti)

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *