NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकाको आठौं नगरसभा: ७१ करोड ६९ लाख ४७ हजार बराबरको संशाेधित बजेट पारित

1 Mins read

उदयपुरको बेलका नगरपालिकाको आठौं नगरसभा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ । नगरसभाले नगरप्रमुख दुर्गा कुमार थापा द्वारा १० असारमा आठौं सभाको पहिलो बैठकमा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

नगरसभाले १० असारमा पेस भएको बजेटमा केही संशोधनसहित ७१ करोड ६९ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ।

नगरसभाले ” सम्मानित जीवन , समावेशी पुर्वाधार, समाजबाद उन्मुख बेलका नगर” उत्पादनमा समर्थन , पुर्वाधार प्रबर्द्धन ” नारासहित विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिई लोक कल्याणमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी तयार पारिएको नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभाबाट पारित नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण , गुणस्तरीय तथा प्राबिधिक शिक्षा ,भु उपयोग तथा भुमि ब्याबस्थापन, जलस्रोत तथा उर्जा बिकास, नगरपालिकाको गौरबका योजनाहरु बेलका नगरपालिका प्रशासनिक भवन निर्माण ,रामपुर,भागलपुर,आम्बासी सडक निर्माण , कोल्ड स्टोरेज निर्माण , बिधुतिय नगरबस सन्चालन,औद्योगिक ग्राम निर्माण , ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, आधुनिक पशुपक्षी वधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने उल्लेख छ ।

नगरसभा बैठकले विधायन समितिका संयोजक एवं वडा नम्बर ४ का वडाअध्यक्ष दिपक दंगाल द्वारा प्रस्तुत विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ ।

नगरसभा बैठकको समापन गर्दै नगर प्रमुख थापाले सभा सम्पन्न बनाउन साथ दिने नगरसभा सदस्यसहित सबैलाई धन्यवाद दिए । समृद्ध नगर बनाउने अभियानमा अहिलेसम्म सबैसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने थापाले बताए ।
कोभिड-१९ को जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सबैलाई धन्यवाद दिए । बैठकमा नगरपालिकाकि उपप्रमुख राज कुमारी चौधरीले ४ वर्षदेखि सर्वसम्मतिले बजेट पारित गर्दै आएको र यस पटक पनि सर्वसम्मतिमै बजेट पारित भएकोमा खुसी व्यक्त गरिन् ।

नगरपालिकामा राम्रो कार्य गर्नेलाई प्रोत्साहन व्यवस्था गरिएकाले बजेटको समयमै कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रमलाई आर्थिक वर्षको सुरुदेखि नै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने बताए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *