उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं २ का अधिकांश बस्ती डुबानमा परेका छन। खहरे खोलाको निकास नहुदा बस्ती डुबानमा परेको हो।
गए राती परेको अबिरल बर्षाका कारण धाराखोला टोल बिकास संस्स्थाका ४८ र आदर्श टोल बिका संस्थाका ३० वटा घर डुवानमा परेका हुन।
बर्षाका कारणले डिपिआर सम्पन्न भै निर्माणको चरणमा रहेको रामपुर आम्बासी सडकमा समेत क्षेती पुर्याएको छ।
अबिरल वर्षा सङै आएको बाढिले स्थानिय बासिको करिब २ सय बिगाहा घान खेतमा समेत क्षेती पुर्याएको स्थानीय धुर्व प्रसाद कोइरालाले बताए।
बाढिका कारण घर जलमग्न छ दुषित पानीका कारण स्थानियको स्वास्थ्यमा समेत असर हुने भएकाले बेलैमा संबंधित पक्षले सहयोग गर्न समेत स्थानिय कोइरालाले आग्रह गरेका छन।


