गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोर्चुगलको उपाध्यक्षमा युवराज खनालले उम्मेदवारी घोषणा गरेका छन् ।
खनालले परिषद्को आगामी २०२१-०२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
खनालले संघमा आर्थिक पारदर्शिता ल्याउन, संघको आर्थिक पक्षलाई सबल बनाउन, संघको कोष वृद्दि गरी विविध कार्यक्रम गर्न, नेपालमा आइपरेका विभिन्न समस्या तथा प्राकृतिक विपद् लगायतमा सहयोग गर्न, संघलाई राजनीतिबाट मुक्त गराई आप्रवासी नेपालीको हकहितका लागि सक्रिय रहने लगायतका ऐजेण्डाहरु अगाडि सारेका छन् । जुलाई ३१ मा हुने निर्वाचनमा पोर्चुगलवासी नेपालीको सहयोग र साथदिन अनुरोध समेत गरेका छन् ।


