NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका स्वतन्त्र युवा समाजले गर्यो बृक्षरोपण

1 Mins read

सामाजिक क्षेत्रमा काम गर्नको लागी स्थापित सस्था हो बेलका स्वतन्त्र युवा समाज जस्ले मिति २०७८/०४/१६ गते यस बेलका स्वतन्त्र युवा समाज ले बृक्षराेपण कार्यक्रम गरेको छ । जनप्रतिनिधि ,राजनीतिदल का नेता ,बुद्धिजीवी ,बिब्यास अध्यक्ष लगायतको उपस्थितिमा बृक्षरोपन भएको हो । बेलका नगर भरी विभिन्न कार्यक्रमको योजना तयार गरेको बेलका स्वतन्त्र युवा समाजले पहिलो कार्यक्रम सरसफाइ कार्यक्रममा सफलता हासिल गरे पश्चात् आज बृक्षराेपण कार्यक्रम पनि सफलता पुर्बक सम्पन्न गरेको छ । बेलका नगरपालिका वडा नम्बर २ स्थित शान्तिनगर टोल बिकास सस्था मा रहेको श्री शान्ती आधारभुत बिधालयको बिधालय परिसर भरी विभिन्न जातका करिब २०० बिरुवा रोपिएको छ र उक्त कार्यमा बेलका स्वतन्त्र युवा समाज ,बिधालय ब्यबस्थापन समिती ,र स्थानीय बासी बाट उक्त कार्य सम्पन्न भएको छ ।उक्त कार्यक्रम को लागि बेलका स्वतन्त्र युबा समाजको पहलमा बिरुवा सब डिभिजन कार्यालय लालबजार र बिरुवा ढुवानी को लागि बेलका नगरपालिका बाट ट्रयाकटर उपलब्ध गराएको थियो यस्को लागि हामिलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको बताय सस्थाका सदस्य रामकृष्ण रिमाल ले । यश सस्थाले गत हप्ता बेलका नगरपालिकाको विभिन्न ठाउँमा सरसफाइ कार्यक्रम गरिसकेको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *