उदयपुर बेलका नगरपालिका ८ कोठू स्थितबाट लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाऊपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेम राज राई रहेका छन् ।
हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।
गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसगै उनहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । गत हप्ता पनि बेलका बाट गाजा सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको हो । रामपुरको बाटो भयर गाजा सुनसरी हुँदै भारत लाने गरेको छ्न तस्करीहरुले ।


