उदयपुरमा एकजना महिलाको रुखले किचेर ज्यान गएको छ । शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको अधेरी झर्ना नजिकै मकिएको रुख ढलेर किच्दा महिलाको ज्यान गएको हो ।
मृत्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षिय निशा दनुवार रहेकी छिन् । रुखले किचेर श्रीमान श्याम दनुवारसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।
अटो भित्र रहेकी ती महिलाको रुखले किचेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिए ।
रुख ढल्दा एउटा अटो र एउटा मोटरसाइकललाई किचेको छ । प्र.२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटरसाइकलमाथि रुख लडेर किचेको हो । घुम्न गएका केही व्यक्तिहरुले भने घटना आसपासबाट भागेर ज्यान बचाएका थिए । घाइतेहरुको कटारी अस्पतालमा उपचार हुँदैछ ।


