शिव प्रसाद लुइँटेल / उदयपुर, २३ साउन । बेलकामा भाइरल ज्वोरो र कोरोनाको दोस्रो लहर फैलिन थालेपछि ट्राफिक प्रहरी पोस्ट रामपुर,बराह हस्पिटल प्रा.लि र बेलका स्वतन्त्र युवा समाजको संयुक्त आयोजनामा सचेतना मुलक कार्यक्रम कोभिड विरुद्ध तपाइको मास्क खोइ? अभियान संचालन गरेको छ।


उक्त कार्यक्रममा कोभिड विरुद्ध तपाइको मास्क खै? लापरबाही गर्नु संक्रमण निम्त्याउनु हो,आफू सुरक्षीत रहेमा मात्र परिवार सुरक्षीत रहन्छ,भौतिक दुरी कायम गरौ,सिट क्षमता भन्दा बढी यात्रुहरु राखी सवारी नचलाऔ,अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगरौ, लगायत का प्ले कार्ड सहित ट्राफिक प्रहरी पोस्ट ,बराह हस्पिटल प्रा.लि. र बेलका स्वतन्त्र युवा समाजका युवाहरुले सामान्य लापरबाहीले पनि कोरोना महामारी फैलिन सक्ने भन्दै सचेत बनाउन अभियान सुरु गरिएको बताए। कोभिडको बारेमा बुझाउने चेतना फैलाउने र सानिटाइजर हातमा दल्न दिएर नि:शुल्क मास्क बितरण गरेका थिए।
यस अघि बेलका स्वतन्त्र युवा समाजले बजार क्षेत्र सरसफाइ,बिधालय क्षेत्र बृक्षारोपण लगायतका विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको सस्थाका सचिव मनोज पान्डेले बताए!




