NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

५ सय टन क्षमताको चिस्यान केन्द्रको शिलन्यास

1 Mins read

किसानको सुविधाका लागि उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं १ आम्बासिमा चिस्यान केन्द्र स्थापना गरिने भएको छ। स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा बेलका नगरपालिकामा चिस्यान केन्द्र स्थापना गर्न लागिएको हो।

शुक्रवार औपचारिक कार्यक्रमका बिच प्रदेश नं १ भुमी ब्यबस्था, कृषि तथा सहकारी राज्य मन्त्री माननीय कला घले, बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा, उप प्रमुख राज कुमारी चौधरी, सप्तकोशी नगरपालिका नगर प्रमुख उतम गौतम, चौदन्डिगडी नगरपालिका नगर प्रमुख खगेन्द्र राईले संयुक्त रुपमा चिस्यान केन्द्रको शिलन्यास गरेका छन।

प्रदेश सरकार बाट २ करोड र बेलका नगरपालिकाको १ करोड गरि ३ करोडमा करिब ५ सय टन क्षेमताको चिस्यान केन्द्र स्थापना गर्न लागिएको हो। ६ वटा च्याम्बर निर्माण हुने चिस्यान केन्द्रमा ४ वटा च्याम्बर तरकारी तथा फलफुल राख्न साथै २ वटा च्याम्बरमा मासु तथा दूध स्टोर गर्न निर्माण गरिने छ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश नं १ भुमी ब्याबस्था, कृषि तथा सहकारी राज्य मन्त्री माननीय कला घले ले स्थानीय स्तरका किसान सम्म अनुदान नपुगेको बताइन । आगामी दिनमा वास्तविक किसान पहिचान गरि अनुदान र सहयोग गर्न स्थानिय सरकारलाई अधिकार दिनु पर्ने बताइन। अनुदानको रकम नाम मात्रको किसानले पाउने गरेकोले यसको आवस्यक मुल्यांकन गरि वास्तविक किसान सम्म पुर्याउन सबै पक्ष लाग्नु पर्ने राज्यमन्त्री घले ले बताइन।

असोज ७ गते निर्माण सम्पन्न गर्ने उदेश्यले चिस्यान केन्द्रको सिलन्यास गरिएको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए। नगरको गौरबको योजना भएकाले समयमै काम सम्पन्न गर्ने गरि कामलाई निरन्तरता दिने बताउदै मेयर थापाले बेलका नगर लगायत छिमेकी पलिकाका किषानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल नष्ट नहुने बताए। हामिले किसानलाई फाइदा हुने गरि कृषिमा आधुनिकीकरण गर्ने उदेश्यले यन्त्र उपकरण बितरण, कस्टम हायरिङ्ग मार्फत सस्तो मुल्यमा किसानको खेत जोत्न ट्रायाक्टर बितरण,बीउ भन्डारण गर्न भवन निर्माण ,कृषकलाई अनुदान लगायतको काम गर्दै गरेको मेयर थापाले बताए।

तीन वटै पालिकालाई सहज हुने स्थान छनोट गरिएकाले बेलका नगरपालिकामा स्थापना हुने चिस्यान केन्द्र्मा चौदन्डिगडी नगरपालिकामा उत्पादन हुने फलफुल तथा तरकारी नस्ट नहुने चौदन्डिगडी नगरपालिका नगर प्रमुख खगेन्द्र राईले बताए। चिस्यान केन्द्रलाई आगामी दिनमा सन्चालन गर्न आवस्यक पर्ने स्रोत साधन सहयोग गर्न चौदन्डिगडी नगरपालिका सधै सकारात्मक रहेको मेयर राईले बताए।

किसानले उत्पादन गरेको तरकारी तथा फलफुल लामो समय सम्म राखी उत्पादन गर्न तथा उपभोग गर्न आम सर्वसाधारण लाई सहज हुने सप्तकोशी नगरपालिका नगर प्रमुख उतम गौतमले बताए। कृषिमा युवा पुस्तालाई आकर्षण गर्न नसक्नु पनि उत्पादनमा कमि आउने गरेकोले स्थानीय सरकारले युवा पुस्तालाई कृषिमा आकर्षण गर्ने खालका बजेट तथा कार्यक्रम ल्याउनु पर्ने मेयर गौतमले बताए।

चिस्यान केन्द्रको लागि १ बिगाहा जग्गा स्थानिय समाजसेवी विश्व प्रकाश पंडितले दान गरेका हुन।

चिस्यान केन्द्र स्थापनाको लागि ट्रस भवन निर्माण बिजि कन्ट्रक्सनले जिम्मा पाएको छ भने कोल्ड स्टोरको सामाग्री सप्लाई गरि जडान गर्न काठमाडौ कोल्ड स्टोर एन्ड रेफ्रीजेरेसन उद्योगले जिम्मा पाएको छ।

शिलन्यास कार्यक्रममा बेलका नगरपालिका उप प्रमुख राज कुमारी चौधरी, वडा अध्यक्षहरु दिनेस्वर प्रसाद चौधरी ,मिश्रीलाल चौधरी बेलका नगरपालिकाका कृयाशिल राजनैतिक पार्टिका प्रतिनिधिहरु गणेश बस्नेत, सुशील सेढाई, सुरेन्द्र राई ,जग्गादाता विस्व प्रकाश पंडित लगायतले शुभकामना मन्तब्य राखेका थिए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *