उदयपुर जिल्लाको बेलका नगरपालिका अहिले खुर्सानीमा आत्मर्निभर बन्दै गएको छ ।खुसार्नीले बजार र मूल्य सहजै पाउन थालेपछि बेलका नगरपालिका वडा नं ६ मा खुसार्नी खेति फस्टाउँदै गएको हो ।
नगरपालिकाको आयोजनामा वडा नं ६ को देउरालिमा अकबरे खोर्सानीको चाक्ला बन्दी खेती शुरु गरिएको हो। ब्याबसायिक खोर्सानी खेतिमा किसान आकर्षित हुँदै गए पछि बेलका नगरपालिकाले बीउ बिजन प्राबिधिक सहयोग गरे पछि किसान मख्ख परेका छन ।
२१ घर घुरिलाई समेटी करिब २० रोपनी क्षेत्रफलमा खोर्सानिको चाक्ला बन्दी खेती गरिएको हो। अकबरे खुर्सानी उत्पादन गर्न मौसम प्रतिकुल रहने स्थान भएकोले किसानलाई तालिम प्रदान गरि खोर्सानिको ब्याबसायिक उत्पादन शुरु गरिएको हो।
लिवड सामर्थ्य परियोजना अन्तरगत कृषकलाई आवस्यक पर्ने प्राबिधिक सहयोग, बीउ बिजन , सिचाईको लागि स्वाइल सिमेन्ट सिचाई पोखरी स्थापना गरेको बरिस्ठ कृषि प्राबिधिक कार्तिकलाल चौधरिले बताए।
नगदे बाली भएकाले पनि छोटो समयमै कृषकले आम्दानी लिने भएकोले खोर्सानी खेतिमा किसान आकर्षित हुन थालेको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए। “उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात” भन्ने नगरको नारालाई सार्थक बनाउन बेलका नगरपालिकाले पन्च बर्षिय आबधिक रणनीति योजनमा कृषिलाई पहिलो प्राथमिकतामा राखेकोले हरेक वडामा पकेट , जोन , सुपर जोन लगायतको कार्यक्रम सन्चालन हुँदै आएको नगर प्रमुख थापाले बताए।
कृषिमा आधुनिकीकरण गर्न किसानलाई तालिम , यन्त्र उपकरण हस्तान्तरण लगायतको काम नगरले सन्चालन गर्दै छ तरकारी तथा फलफुल नष्ट हुन नदिन बेलका नगरपालिकामा २ वटा मिनि कोल्ड स्टोर सन्चालनमा रहेको र असोज अन्तिम सम्ममा निर्माण सकिने गरि ५ सय टन क्षमताको कोल्ड स्टोर निर्माण भै रहेको नगर प्रमुख थापाले बताए।


